बुटवल, ८ पुस । भोली देखि बुटवलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ब्रेभ गोर्खा युथ क्लव, जिल्ला भलिबल संघ रुपन्देही र व्यापार संघको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।


बुटवल मण्डपमा पुस १२ गते सम्म चल्ने प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । आयोजकले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी पुरा भएको जानाकारी दिएको हो । ब्रेभ गोर्खाका अध्यक्ष नविन थापाले खेल र खेलाडिको विकासका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगितामा गुल्मी, पाल्पा, मणिमुकुन्द भलिबल क्लव ए र वि, मध्यविन्दु भलिबल प्रशिक्षण केन्द्र, रुद्रपुर युवा क्लव, प्रदेश नं. ४, हेल्प नेपाल, स्याङजा, आयोजक रातो र आयोजक निलोका बचि हुनेछ ।


प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११, द्धितिय हुनेले ६६ हजार ६ सय ११, तृतिय हुनेले ४४ हजार ४ सय ४४ र शान्त्वना हुने टिमले नगद २१ ह्जार १ सय ११ रुपैया प्राप्त गर्नेछन् । प्रतियोगितामा बेष्ट कोच, स्पाईकर, बेष्ट प्लेयरलाई नगद सहित सम्मान गरिनेछ । भोली दिउसो १ बजे प्रतियोगिताको सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्ने कार्यक्रम रहेको हो । उद्घाटन खेलमा गुल्मी र मणिमुकुन्द ए का बीच हुनेछ ।
कार्यक्रममा रुपन्देही व्यापार संघका बरिष्ठ उपाध्यक्ष यमलाल लोहनी, जिल्ला भलिबल संघका अध्यक्ष योग गुरुङ लगाएतले बोलेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार