किसानको बजेट किसानालई नैः कृषि मन्त्री पौडेल

बुटवल, ९ पुस ।
प्रदेश नम्बर ५, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानको पक्षमा आएको बजेट दुरुपयोग गर्नेलाई कारवाही गर्ने बताउनुभएको छ।


विगतका बर्षहरुमा किसानकोलागि आएको अनुुदान लगायतका बजेट दुरुपयोग भए गरेको किसानहरुको गुनासो आएको भन्दै अव कुनै पनि हालतमा यस्तो हुन नदिने बताउनुभएको हो ।
मंगलबार राष्ट्रिय कृषक समुह महासंघ नेपालको प्रदेश नम्बर ५ प्रथम अधिवेसन तथा प्रदेशस्तरिय कृषि विकास ऐन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले कुनै पनि हालतमा किसानको हितमा आएको बजेट दुरुयोग हुन नदिने बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेल ले किसानको उत्पादन बजारीकरण र विचौलिया न्युनीकरणको लागि प्रदेश सकारले विभिन्न स्थानमा सहकारी बजार स्थापना गर्ने योजना अगाडी बढाएको बताउनुभयो । उहाँले भन्नु भयो

किसानहरुले सहज रुपमा कर्जा नभएको गुनासो आएको भन्दै मन्त्री पौडेले सरल रुपमा कृषि कर्जाप्रवाह गर्नको लागि मन्त्रालयले कुनै पनि कमी नराख्ने बताउनुभयो । उहाले किसानहरुलार्य सहज रुपमा कर्जा प्रवाह नगर्ने बाणिज्य बैंकहरुलाई कारावाही सम्मको कार्य समेत गर्न सकिने बताउनुभयाो ।


यस्तै कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघका केन्द्रीय अध्यक्ष उद्यव अधिकारीले किासनमुखि कार्यक्रम ल्याउनको लागि सरहकार संग आग्रह गनुभयो । उहाँले दस्तावेजको आधारमा किसानले पाउनु अनुदान भन्दा पनि किसानहरुको बास्तवीक कर्मलाई समेटर मात्रै अनुदान लगायतका कार्य अगाडी बढाउनुको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय कृषक समुह महासंघ प्रदेश ५ का संयोजक सर्वजित विष्टले किसानहरुलाई अधिकार सम्पन्न गराउनुपर्ने बताउनुभएको थियो । उहाले मन्त्रालयको वरीपरी धाउने किसान नाम धारीहरु भन्दा पनि बस्तविक किसानहरुलाई अुनदान लगायतको कार्यक्रम ल्याउनको लागि माग समेत गर्नुभयो ।
कार्यक्रममा प्रदेश नम्बर ५ का ६ वटा जिल्लाका किसान समुहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ । गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, दाङ्ग, सल्यान , नवलपरासी, कपिलवस्तु र रुकुम बाट भेलामा किसानहरु सहभागी भएका छन् । भेलाले प्रदेश नम्बर ५ स्तरिय राष्ट्रिय कृषक समुह महासंघ नेपाल गठन गर्ने कार्यक्रम समेत रहेको छ ।
कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का उप सचिव श्रीकृष्ण नेपाल, पशु पक्षि महाशाखा प्रमुख डा. सुन्दर बस्याल, कार्यक्रम संयोजक केदार कोईराला लगायतले बोल्नुभएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार