बुटवल, ८ पुस । आज देखि बुटवलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । ब्रेभ गोर्खा युथ क्लव, जिल्ला भलिबल संघ रुपन्देही र व्यापार संघको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो ।

बुटवल मण्डपमा भएको उद्घाटन खेलमा जिल्ला भलिबल संघ गुल्मी विजयी भएको छ । मणिमुकुन्द भलिबल क्लवलाई ३–० को सोझो सेटले हराउँदै गुल्मीले महत्वपुर्ण ३ अंक जोड्न सफल भएको छ ।

खेल सुरु हुनु अघि प्रतियोगिताको सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले प्रदेश सरकारले खेल र खेलाडिको विकासलाई विभिन्न योजनाहरु बताएको बताए । बुटवल मण्डपमा पुस १२ गते सम्म चल्ने प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा गुल्मी, पाल्पा, मणिमुकुन्द भलिबल क्लव ए र वि, मध्यविन्दु भलिबल प्रशिक्षण केन्द्र, रुद्रपुर युवा क्लव, प्रदेश नं. ४, हेल्प नेपाल, स्याङजा, आयोजक रातो र आयोजक निलोका बचि हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११, द्धितिय हुनेले ६६ हजार ६ सय ११, तृतिय हुनेले ४४ हजार ४ सय ४४ र शान्त्वना हुने टिमले नगद २१ ह्जार १ सय ११ रुपैया प्राप्त गर्नेछन् । प्रतियोगितामा बेष्ट कोच, स्पाईकर, बेष्ट प्लेयरलाई नगद सहित सम्मान गरिनेछ ।

 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार