बुटवल, १० पुस । गौतम बुद्ध सामुदायिक स्वास्थ्य सस्था बुटबलको छैठौ वार्षिक साधरण सभा तथा दास्रो अधिबशेन सम्पन्न भएको छ ।
अबिधेशनको उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै मन्त्री गिरीले स्वास्थ्यको हव पछिल्लो समय बुटवल बन्न लागेको भन्दै सर्वसुलभ र स्तरिय सेवा प्रदान गर्न आग्रह गरे । सामान्य उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता यस क्षेत्रमा अस्पताल सञ्चालन भएपछि रोकिएको भन्दै मुटुको उपचारमा अस्पतालले महत्वपुर्ण भुमिका खेलेको बताए । प्रदेश नं. ५ का जनतालाई नै सर्वसुलभ सेवा दिने गरी प्रदेश सरकारले स्वास्थ्य निती बनाउने समेत सो अवसरमा उनले बताए ।
साधरण सभामा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष काठमाडौंका प्रतिष्ठीत अस्पतालले जस्तै मुटु अस्पतालले सर्वसुलभ सेवा प्रदान गरेको बताए । कतिपयमा मुटु अस्पताल महंगो छ भन्ने भ्रम भएपनि निजी र यस क्षेत्रका अस्पतालको तुलनामा सेवामा मुल्य निकै कम भएको बताए । अस्पतालको बृद्धि विकासका लागि आवश्यक पुर्वधार नभएको भन्दै तिलोत्तमाले प्रदान गरेको जग्गा प्राप्त हुन थप सेवाहरु ज्नतामाझ प्रदान गर्ने बताए ।
त्यस्तै सांसद बिष्णु पन्थीले अस्पतालले जनस्तरमा पनि उत्कृष्ट कार्य गर्न सकिने उदाहरण अस्पतालले देखाएको बताए ।
कार्यक्रममा तिलोतमा नगर पालिकाका नगर प्रमुख बासुदेब घिमिरे मुटु अस्पतालका डाइरेक्टर डा समिर गौतम रुपन्देहि उद्योग सघका अध्यक्ष गणेस अधिकारी, रोटरी क्लब डाउनटाउनका अध्यक्ष पिताम्बर ज्ञवाली पत्रकार महासघका उपाध्यक्ष दिनेश पाण्डे लगायतले बोलेका थिए ।
कार्यक्रम बावुराम बोहोराको स्वागत तथा सचिव दिनेशराज रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

अधिवेशनले एजाज आलमलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ भने कार्य समिति सदस्यहरुमा रामप्रसाद बस्याल, हिमाल गैरे,गणेशप्रसाद अधिकारी, बाबुराम बोहोरा, उपेन्द्र अग्रवाल, दुर्गाप्रसाद शर्मा, ज्योति भण्डारी, तेजकुमार पाठक, रुद्रबहादुर हमाल, राजेन्द्रसिंह गुरुङ्ग, तिलप्रसाद भट्टराई, भगबती पाण्डे, रेनुका खरेललाई निर्वाचित गरेको छ । अध्यक्ष र सदस्यहरु अधिवेशनबाट निर्वाचित भएपनि अन्य पदाधिकारीहरु भने कार्यसमिति बैठकबाट गरिने निर्वाचन समितिले जनाएको छ । त्यसैगरी लेखा समिति संयोजक रामबहादुर गुरुङ्ग सदस्यहरुमा लोकनाथ पाण्डे, मधुकला कुंवर निर्वाचित भएका छन् ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार