बुटवल – जवाफदेयिता अभिवृद्धिका लागि गठित जवाफदेयिता निगरानी समिति रुपन्देहीको संयोजकमा पारदर्शी सरोकार समूह रुपन्देहीका उपाध्यक्ष लालहरि पाण्डे चयन हुनुभएको छ ।


आज बुटवलमा आयोजित समितिको भेलाले कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यलाई सचिवमा चयन गरेको छ । भेलाले १९ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । सदस्यमा माहुरी होमका रामविकास चौधरी, मानवअधिकारका लागि शान्ति समाजका अध्यक्ष डिपी खनाल, चादनी नेपालका भवानीप्रसाद पाण्डे, फोसाड रुपन्देहीका अमृत गिरी, पत्रकार महासंघका निरु गौतम, संचारिका समूहका माया केसी, रेडियो प्रशारक संघका उषा किरण पन्थ, रेडियो मुक्तिका कल्पना तिवारी अपांग महासंघका सावित्रा घिमिरे, सुनौलो नेपालका विजयलक्ष्मी राय, एविसी नेपालका सुन्नर हरिजन, मधेश मिडिया सेन्टरका विन्दुकुमार चौहान, एकल तथा द्धन्द्धपीडितका यमुना घिमिरे लगायत रहनुभएको छ । माहुरी होमका अध्यक्ष रवि ठाकुरको अध्यक्षतामा बसेको बैठकले रुपन्देहीमा संघीयता कार्यान्वयन र नागरिकको सेवा प्रवाहमा जवाफदेयिता बढाउन निगरानी र समन्वयका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार