लुम्बिनी एक्स्पो २०१८ खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७५ को उपाधिका लागि गुल्मी भलिबल संघ र मणिमुकुन्द भलिबल क्लब निलो उपाधिका लागि भिड्ने भएको छ ।

रुपन्देही ब्यापार संघ, जिल्ला भलिबल संघ रुपन्देही र ब्रेभ गोर्खा युथ क्लब बुटवलको संयुक्त आयोजनामा भएको प्रतियोगिता गुल्मीले मणिमुकुन्द भलिबल क्लब सेतोमाथि ३–१ को सेट तथा मणिमुकुन्द भलिबल क्लब निलोले ब्रेभ गोर्खा फुटबल क्लबलाई ३–१ अंकले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो ।
एक्स्पोको खेलमैदानमा भएको निक्कै रोमाञ्चक पहिलो सेमीफाईनल खेलमा गुल्मीले पहिलो र दोस्रो सेट २५–१८, २५–१७ अंकले जित निकाल्यो तर तेस्रो सेट भने मणिमुकुन्दले २५–२० अंकले जित्दै खेलमा फर्कने प्रयास गरेपनि चौथौ सेटमा गुल्मीले २५–६ अंकले जित्दै खेलको फाईनलमा स्थान पक्का गरेको हो ।
यसैगरि अर्को सेमीफाईनल खेलमा मणिमुकुन्द निलोले पहिलो खेल २५–१२ ले जित निकाल्दै खेलमा अग्रता लिएको थियो । तर दोस्रो सेट ब्रेभ गोर्खाले २५–२२ ले आफनो पक्षमा पार्न सफल भयो । निक्कै कडा प्रतिस्प्रर्धात्मक खेलको तेस्रो र चौथो सेट मणिमुकुन्दले २५–१६, २५–२३ अंकले आफनो पक्षमा पार्दै खेलमा जित निकालेको हो ।

शनिबार विहान तेस्रो स्थानका लागि मणिमुकुन्द भलिबल क्लब सेतो र ब्रेभ गोर्खा भलिबल क्लबका बिचमा खेल हुने क्लबका अध्यक्ष नबिन सारुले बताए ।

उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ नगदसहित कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले नगद ६६ हजार ६ सय ६६ सहित कप, मेडल, प्रमाणपत्र तथा तृतिय टिमलाई नगद ४४ हजार ४ सय ४४ तथा चौथौ टिमलाई नगद २१ हजार ५ सय ५५ सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । विद्यागत रुपमा समेत विभिन्न आठ खेलाडीहरुलाई प्रोत्साहनस्वरुप नगदबाट पुरस्कृत गरिने क्लबका क्लबका अध्यक्ष नबिन सारुले बताए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार