ब्ुटवल, १८ पुस । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडानम्बर २ का वडाअध्यक्ष विष्णुप्रसाद भुसाल विनोद १६ दिनदेखि सम्पर्क विहिन बनेका छन् ।

पुस २ गते मालारानी २ डाँडाकटेरीस्थित घरबाट मोटरसाइकल मर्मत गर्ने भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्क विहिन भएको उनका दाई जीवलाल भुसालले बताए ।
आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै दाई जिवलाल भुसालले प्रहरी प्रशासनलाई खोजिदिन आग्रह गर्दा समेत वेवास्ता गरेको बताए । वडा अध्यक्ष विष्णु भुसाल तत्कालिन एमाले बाट निर्वाचित वडा अध्यक्ष हुन ।

उनी गोरुसिंगेसम्म बस चढेर गएको तर कहाँ गए भन्ने थाहा नभएको उनले बताए । “अन्तिम पटक फोन हान्दा बनगाईमा उठ्यो, बसमा खसालेर गएकाले मैले उठाएको हुँ भनेर बस चालकले हामी संग भने” उनले दाजु जिवलालले पत्रकार सम्मेलनमा भने ।
अहिले उनले प्रयोग गरेको मोबाईल चालकले नै घरमा पठाएको समेत बताए । “दुई तिहाई सरकार हुँदा समेत वडा अध्यक्षको खोजीमा सरकार गम्भिर देखिएन” उनले भने । घर पबिार तथा वडामा कुनै नराम्रो नगरेको उनको भनाई छ । “परिबार, समाज, वडा कार्यालय सवैमा झै झगडा भएको थिएन् । एक्कासी बेपत्ता भए” उनले भने ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार