बुटवल, २४ पुस । मदन भण्डारी स्पोर्टस् एकेडेमी बुटवल उपमहानगर कमिटिको आयोजनामा विभिन्न प्रतियोगिता हुने भएका छन् । आयोजकले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी एकेडेमीको स्थापना दिवसका अवसरमा चौथो बटौली ५ हजार मिटर अन्तर मावि दौड प्रतियोगिता दोस्रो मदन भण्डारी अन्तरमावि फुटसल प्रतियोगिता गर्ने बताएको हो ।


एकेडेमीका अध्यक्ष विकास जंग बस्नेतले पुस २७ गते ट्राफिक चोक बाट दौड प्रतियोगिता तथा माघ २ गते देखि फुटसल प्रतियोगिताको आयोजना गरिएको बताए । उपमहानगर भित्र बाट नयाँ र उदयमान खेलाडिको वास्तविक पहिचान गरी नयाँ खेलाडि उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरेको उनको भनाई छ । ५ हजार मिटर दौड प्रतियोगिता प्रथम छात्र, छात्राले १०÷१० हजार, द्धितिय छात्र, छात्रले ६÷६ हजार तथा तृतिय छात्र, छात्राले ४÷४ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसैगरी दोस्रो मदन भण्डारी अन्तर मावि फुटसल प्रतियोगितामा प्रथमले नगद २२ हजार २ सय २२ र द्धितियले नगद ११ हजार १ सय ११ प्राप्त गर्नेछन् । ३ लाख ६० हजार रुपैया खर्च अनुमान गरिएको कार्यक्रममा प्रमुख प्रायोजन एक्सपट एजुकेशनल रहेको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार