बुटवलस्थित न्यू होराइजनमा खेल सप्ताह सुरू

बुटवल, पुस २४ । बुटवलस्थित न्यू होराइजन माध्यामिक विद्यालयमा मंगलबारदेखि खेल सप्ताह सुरू भएको छ । विद्यार्थीहरूको अन्तरनिहीत प्रतिभा प्रस्फूटन गराउने उद्देश्यले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विद्यालयले ‘स्पोर्टस् मिट’ आयोजना गरेको हो । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा आयोजित स्पोर्टस् मिटरमा १० वटा विभिन्न खेलमा विद्यार्थीहरूबीच प्रतिष्पर्धा हुनेछ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीहरू अनुशासित भएर खेल खेल्नुपर्ने बताए । उनले विद्यार्थीको पढाईसँगै खेलकुदमा पनि रुचि आवश्यक रहेको बताए । कार्यक्रममा विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजूले होराइजनका विद्यार्थीहरू सबै क्षेत्रमा अब्बल रहेको र हुने विश्वास पनि व्यक्त गरे ।
उद्घाटन सत्रमा विद्यालयका उपप्राचार्य बालकृष्ण पन्थी, जिल्ला फुटबल संघ रुपन्देहीका महासचिव लोकबहादुर पुन शिक्षक कल्पना कुशुम लगायतले बोलेका थिए । खेल अवधिभर विभिन्न दौड, लमजम्प, हाइजम्प, सटपुट ज्याब्लिङ थ्रो, कवर्डी, भलिबल, बास्केटबल र टेबलटेनिस लगायतको खेलहरू हुने खेल संयोजक बालकृष्ण बस्यालले जानकारी दिए ।
मंगलबार ४ तहमा विभाजन गरी दौड प्रतियोगिताहरू भएका छन् । कक्षा २ देखि ४ सम्म, ५ र ६, ७ र ८, र ९ र १० कक्षामा विभाजन गरी खेल भएको शिक्षक प्रकाश खनालले जानकारी दिए । प्रतियोगितामा विजेता विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार