सहबान अन्सारी

नवलपरासी २५ गते । नवलपरासीमा सिमा सुरक्षाको लागी नेपाल र भारतीय सुरक्षा कर्मीको संयुक्त गस्ती आज सम्पन्न गरिएको छ।
बिशेष गरि सिमा क्षेत्रमा दुबै देशका स्थानियहरु द्वारा सिमा क्षेत्र अतिक्रमण भएको हुदाँ सिमानामा पराल, ढुङ्गा, माटो, काठ, बालुवा, जस्तो सामानहरु राखीएको भएको हुदाँ दुबै देशका सुरक्षाकर्मीहरुले हटाऊदै साथै उक्त सिमा क्षेत्र पुर्ण रुपले खाली गर्न स्थानियहरुलाई निर्देशन समेत दिईएको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ ।


संयुक्त गस्तीको क्रममा शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका शसस्त्र प्रहरी निरिक्षक माधव पण्डितकोको नेतृवमा रहेको गस्ती टोली र शसस्त्र सिमा बल एस.एस.बी झुलनीपुरको शसस्त्र प्रहरी निरिक्षक पंकज कुमारको नेतृवमा रहेको संयुक्त गस्ती टोलीले सिमा स्तम्भ संख्या ४९७ देखी स्तम्भ संख्या ५०२ सम्म संयुक्त गस्ती गरिएको शसस्त्र प्रहरीले जनाएको छ।
गस्तीको क्रममा पिलरको अवस्था सिमा अतिक्रमण साथै सिमाको किनारमा बस्दै आएका बासीन्दाहरुलाई सुरक्षाको दृष्टिकोणले समस्या बारे छलफल समेत गरिएको थियो ।
संयुक्त गस्ती टोलीमा सशस्त्र प्रहरी बाट ९जना,सशस्त्र सिमा बल एस.एस.बी.बाट ११ जना र नेपाल र भारतिय प्रहरीबाट ८ जना सुरक्षा कर्मीको संयुक्त सहभागीता रहेको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार