बुटवल, २७ पुस । तिलोत्तमा वडा नं. ४ मा रहेको जनज्योति माध्यमिक विद्यालयले सप्ताह व्यापी स्वर्ण महोत्सव समारोह गर्ने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी साताव्यापी रुपमा स्वर्ण महोत्सव गर्ने बताएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानकाजी श्रेष्ठले माघ ७ गते मुल समारोह गर्ने गरी साताव्यापी रुपमा स्वर्ण महोत्सव गर्न लागिएको बताए । स्वर्ण महोत्सवको अवसरमा पुस २९,३० र माघ १ गते जिल्ला स्तरिय छात्र भलिबल प्रतियोगिता, माघ १ गते प्रभातफेरी, २ गते आन्तारिक सांस्कृतिक कार्यक्रम, ३ गते महिला अभिभावक कुर्ची दौडे, पुरुष अभिभावक बोरा दौड हुने उनले बताए । त्यस्तै माघ ४ गते पुर्व विद्यार्थीहरु द्वारा रक्तदान, हाजिरिजवाफ, माघ ५ गते अन्तरमावि लोकनृत्य प्रतियोगिता र ७ गते मुल समारोह हुने उनले बताए ।

मुल समारोहको प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विद्यालयका प्राचार्य रघुनाथ पोखरेलले स्वर्ण महोत्सव सम्पन्न गर्न ८ लाख रुपैया सम्म खर्च हुने बताए । स्वर्ण महोत्सवको अवसरमा स्मारिका विमोचन, भवनको उद्घाटन, सम्मान लगाएका कार्यक्रमहरु राखिएको छ ।

पत्रकार सम्मेलनमा तिलोत्तमा वडा नंं ४ का अध्यक्ष दिवाकर ढकाल, स्वर्ण महोत्सवका आर्थिक संयोजक देव प्रकास गुरुङ, विद्यालय सल्लाहकार समितिका बेल प्रसाद शर्मा, जनज्योति क्लवका अध्यक्ष मित्रलाल न्यौपाने, शिक्षक विष्णु प्रसाद न्यौपाने लगाएतले बोलेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार