२८ पुस, बुटवल । माघ ३ गते बुटवलमा हुने जनप्रदर्शन तथा बृहत आम सभामा तिलोत्तमा नगरपालिकाबाट १७ हजार बढी नेताकार्यकर्ताहरु सहभागी हुनेनेपाली काँग्रेस तिलोत्तमा नगरसमितिले जनाएको छ ।

बुटवललाइ स्थाइ राजधानी तोक्न माग गर्दै माघ ३ गते गर्न लागीएको आमसभाकै तयारीका क्रममा आज बिहान मणिग्राममा भएको छलफलमा नगरका १७ वटै वडाबाट १७ हजार बढी नेताकार्यकर्ताहरु कार्यक्रममा सहभागी हुने नगरसभापती हरीलाल पाण्डेले बताए।

छलफलमा सहभागी अगुवा नेता कार्यकर्ता,महासमिति तथा महाधिवेशन प्रतिनिधि,नगरका १७ वटै वडाका वडा सभापती, नगर भित्र क्रियासील भातृ, भगिनी तथा पेशागत संघसंगठनका सभापतीहरुले बुटवललाइ स्थाइ राजधानी बनाउन नगरबासी ज्यान दिएर लाग्न तमतयार रहेको र सोही अनुरुप तयारी अगाडी बढाइएको जानकारी दिए।कार्यक्रममा बोल्दै जिल्ला सभापती अब्दुल रज्जाकले माघ ३ को बृहत जनप्रदर्शन तथा आमसभालाइ सफल बनाउने गरी विशेष तयारीमा जुटन नगरका नेता तथा अगुवा कार्यकर्तालाइ निर्देशन दिए ।

कार्यक्रममा पुर्व सभापती रामचन्द्र ढकाल,जिल्ला उपसभापती फणिन्द्र शर्मा,सचिव रामकृष्ण खाँण,महासमिति सदस्य युवराज गीरी, यमबहादुर खत्री,पुराना नेता रोमणी पाठक,जिल्ला सदस्य भगवती बस्याल,सरद भट्टराइ, शिव गैरे लगायतले बोल्दै बुटवल तथा रुपन्देहीबाट स्थाइ राजधानी अन्यत्र सार्ने कुचेष्टा नगर्न प्रदेश र संघिय सरकारलाइ चेतावनी दिए ।

नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले गत २०७४ माघ ३ गते बुटवललाइ प्रदेश नं. ५ को अस्थाइ राजधानी घोषणा गरेको थियो ।काग्रेस नेतृत्वको तत्कालिन सरकारले बुटवललाइ प्रदेश राजधानी घोषणा गरेकै दिन पारेर माघ ३ गते बिहिबार काँग्रेस रुपन्देहीले बुटवलमा स्थाइ राजधानी घोषणाको माग गर्दे बृहत जनप्रदर्शन तथा आम सभा गर्ने भएको हो ।आम सभामा एक लाख बढी जनतालाइ सहभागी गराइने दावी गरीएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार