सहबान अन्सारी /सदिक्षा गैरे
कावासोती , २९ पौष २०७५
नवलपुरको कावासोतीमा आज बिहान भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका वडा नं ९ पुरानो कावासोतीमा पश्चिम बाट पुर्व तर्फ आउदै गरेको ना ४ ख ७९२८ नम्बरको बसले साईडबाट आऊदै गरेको ना ४९ प २२०७ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदाँ मोटरसाइकल चालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा चालक रौतहट घर भैइ हाल कावासोतीमा मिस्त्री काम गरी बस्दै आएका धर्मेन्द्र यादव रहेका छन । उनलाई बाटो क्रस गर्ने क्रममा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछाने का अनुसार उनको कालीगण्डकी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । बस र बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार