बुटवल, २९ पुस । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी र नामाकरणको विषयमा अनावश्यक नबोल्न सांसदहरुलाई आग्रह गरेका छन् ।

आईतबार बसेको प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले राजधानी र नामाकरण गर्न विशेष समिति गठन भएको भन्दै समितिको निर्णय नआउन्जेल कहि नबोल्न उनले सांसदहरुले आग्रह गरे । संसदले बनाएको विशेष समितिलाई सवैले विश्वास गरेको भन्दै अरुका कुरा नसुनेर समितिले प्रतिबेदन बुझाउन मुख्यमन्त्री पोखरेलले समितिलाई आग्रह गरे ।

त्यस्तै मुख्यमन्त्री पोखरेलले प्रदेशमा लगानी भित्र्याउने मिनि इन्भेष्टमेण्ट कन्फ्रेन्स गर्ने योजना बनाएको बताए । प्रदेशलाई समृद्ध बनाउन विदेशी लगानी भित्राउनुको विकल्प नरहेको भन्दै उनले इन्भेष्टमेण्ट कन्फ्रेन्स गर्ने सोच बनाएको बताए ।

त्यस्तै संसदमा विशेष समय लिएर बोल्दै सांसद इन्द्र प्रसाद खरेलले प्रदेशको नामाकरण र स्थायी राजधानीका लागि गठित समितिमा बाँके, बर्दिया र पश्चिम नवलपरासीको प्रतिनिधित्व हुनेपर्ने माग राखे । त्यस्तै सांसद तिलकराम शर्माले पछिल्लो समय हत्या, हिंसा, बलात्कार जन्य अपराध बढि भएको भन्दै प्रहरीले अपराधिलाई कुनै पनि बाहनामा छाड्न नहुने बताए । त्यस्तै सांद लैटी थारुले गुलेरीया नगरपालिका वडा नम्वर ५ मा नेपाली सेनाका जवान नर बहादुर बोहोराले श्रीमतीको हत्या गरेको भन्दै बोहोरा माथी कडा कारबाहीको माग गरिन् ।

त्यस्तै आईतबारको बैठकमा ४ वटा विधेयक माथी दफाबार छलफल सुरु भएको छ । प्रदेश नं. ५ दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं .५ मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं. ५ पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेके विधेयक र पदेश नं. ५ पशु बधशाला तथा मासु जाँच सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथी दफाबार छलफल भएको हो । त्यसैगरी प्रदेश नं. ५ औद्योगिक व्यवसायी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथी सैद्धान्तिक छलफल भएको थिय

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार