रुरु क्षेत्रमा विहानै देखि दर्शनाथीको भिड - Butwal Online
रुरु क्षेत्रमा विहानै देखि दर्शनाथीको भिड

गुल्मी १ माघ, माघे संक्रान्ति मेला भर्न र स्नान गर्न पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्रमा दर्शनार्थीहरुको घुईचो लागेको छ । ५ दिनसम्म लाग्ने मेलाको पहिलो दिन मगंलवार कालीगण्डकी नदीमा स्नान गर्न र यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पुजाआजा गर्नका लागि मानिसहरुको यस क्षेत्रमा विहानैदेखि घुईचो लागेको हो ।

रुरु क्षेत्रमा रहेको कालिगण्डकी नदी तटमा नुहाउने र ऋषिकेशव मन्दिरमा पूजा गर्नाले पुण्य लाभ हुने जनविश्वासका साथै मेलाको रमाइलो हेर्न भिड लागेको हो ।नेपालका चार धाममध्येकोे एक रुरु धाममा देशभित्र र मित्र राष्ट्र भारतबाट समेत दर्शनार्थी आएका ऋषिकेशव मन्दिर व्यवस्थापन समितिएको छ । रुरु क्षेत्रमा माघे सक्रान्ति मेलाको रौनक पाचँ दिनसम्म रहन्छ ।
कालीगण्डकी नदीमा स्नान गर्नुका साथै यहाँ रहेका मठ मन्दिरमा पुजाआजा गर्न तथा मेला भर्नका लागि आसपासका ग्रामीण भेगबाट पैदल र सहरी क्षेत्र र टाढा–टाढाबाट सवारी साधन चढेर तीर्थालु रिडीमा आएका छन् । रिडी मेला विभिन्न स्थानबाट आएका व्यापारी तथा व्यवसायीहरुको व्यापार गर्ने एक अवसर पनि बनेको छ । माघ १, २ र ३ गते गरि तिनदिनसम्म चल्ने रिडी मेला पछिल्लो समय ५ दिनसम्म लाग्ने गरेको छ ।

 

माघेसंक्रान्तिको अवसरमा व्यापार–व्यवसाय गर्न पाल्पा, बाग्लुङ, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट परम्परागत एवं घरेलु सामग्री बिक्रीको व्यावसायी यहाँ आउँछन् ।
उखुबाट उत्पादन हुने गुँड, खुदो, भ्याली, बाँसका काँगियो, सुपो, डालो र काठका ठेकी बिक्री हुने उपयुक्त थलो बनेको छ रिडी मेला । यसका साथै भारतको सुनौली गोरखपुरवाट समेत ब्यापारीहरु आफ्नो ब्यापार लिएर रिडीमा आएका छन । रोल्पा, हुम्ला,जुम्ला, रुकुम, सल्यान, प्युठान, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका जिल्लाका व्यापारीहरूका लागि रिडी मेला जाडो छल्ने बाहना हुन्छ र त्यस क्षेत्रको उत्पादन ऊनीजन्य वस्तु राडी, पाखी, कम्बल र जडीबुटी एवं वनजन्य उत्पादनको राम्रो बिक्री हुन्छ । मेलामा पछिल्लो समय साँस्कृतिक महोत्सवसगै कृषिजन्य उत्पादनहरु पनि प्रदशर्नीका लागि राख्न थालिएको छ ।

यसले जिल्लाका कृषकहरुको समेत मन तानेको छ ।nमेला ब्यवस्थापन र सुरक्षाका लागि सुरक्षा ब्यवस्था राम्रो मिलाइएको छ । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार रिडी मेलामा मगंलवारदेखि ५ दिनसम्म लाग्ने मेलामा सुरक्षा ब्यवस्था राम्रो बनाइउको बताए ।

मेलामा सुरक्षा व्यवस्था राम्रो मिलाइएको छ उनले भने“ कालीगण्डकी नदी ठुलो भएकाले स्नान गर्दा कोही गण्डकीमा पर्न पनि सक्र्ने भएकाले आपतकालीन उद्धारका लागि समेत सुरक्षाकर्मी खटिएका छन ।” उनका अनुसार तीन जिल्लाको सगंम स्थल भएकाले गुल्मी, पाल्पा र स्याङ्गजा जिल्लाका सुरक्षाकमीृहरु खटिएको बताए । आफ्ना–आफ्ना क्षेत्रमा आफ्ना जिल्लाका सुरक्षाकमीृहरु तैनाथ रहेका छन ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार