सहबान अन्सारी
नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ९  बेलाटारीमा उखु किसानहरुको समस्या र सामाधान विषयक सर्वपक्षिय छलफल कार्यक्रम आज सम्पन्न भएको छ ।

उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि जिल्लामा अवस्थित बागमती खाडसारी सुगर मिल कुडिया, ईन्दिरा सुगर मिल गंगापुर र लुम्बिनी चिनी कारखाना सुनवल अहिले सम्म संचालनमा नआएपछि किसानहरु समस्या मा परेका छन । उखु उत्पादक कृषक समिति नवलपरासीको आयोजनामा मिल मालिक र कृषकहरु बिच छलफल गरिएको थियो।
किसानहरुले क्रसिगं समय सकिन लागेपनि अहिले सम्म मिल किन संचालनमा आऊन सकेको छैन? प्रश्नको जवाब दिदै बागमती खाडसारी सुगर मिलका प्रबन्ध निर्देशक राम थापाले सरकार द्वारा उखुको मुल्य र चिनीको मुल्य निर्धारित मुल्यले मिल स्वतह: घाटामा जाने बताऊनु भयो। थापाले चिनिको मुल्य बढे मिलले निर्धारित मुल्य दिन तयार रहेको बताऊनु भयो। त्यही ईन्दिरा सुगरमिलका प्रबन्ध निर्देशक सुरेन्द्र सुक्लाले निर्धारितऊखुको मुल्य दिदाँ मिललाई घाटा हुने बताए ।
सरकारले यस बर्ष उखुको मुल्य प्रति क्विन्टल ४७१.२८ र थप सरकारी अनुदान ६५.२८ निर्धारण र चिनिको ५३ रुपया रहेको हुदाँ संचालनमा आऊन ढिलाई भएको बताईएको छ । साथै किसानहरुले ध्वनि प्रदुषण,वायु प्रदुषण,जल प्रदुषणको सामना गर्दै नगदेबालीको रुपमा ऊखु लगाऊदै आएपनि किसानहरुको समस्याको सामाधान हुन सकेको छैन ।

समयमा भुक्तानी पाऊन नसेपछि किसानहरु चिन्तित समेत भएका छन । साथै बिरामी पर्दा उपचारको लागी भुक्तानी लिन जादा भुक्तानी नपाऊनु र यस्तो समस्या पर्दा भुक्तानीको ब्यवस्था हुनु पर्ने माग समेत गरेका थिए। साथै कुनैपनि बिचौलिया मार्फत नभई मिल मालिक र उखु किसानहरु बिच सिधा सम्पर्क रहनु पर्ने जस्ता कुराहरुको माग गरेका हुन ।
चिनीको मुल्य कम भएको हुदाँ निर्धारित मुल्य दिन मिलले आलटाल गर्दै क्रसिगं सिजन बितेको र यथा सिघ्र जिल्लाका तिन वटै मिल संचालमा ल्याऊन ऊखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश चन्द्र यादवले आग्रह समेत गर्नु भयो। साथै चिनिको मुल्य बढाऊनको लागी सरकारलाई मिल पक्ष ऊखु उत्पादक कृषक समिति र उखु किसानहरले संयुक्त रुपमा माग गर्नु पर्ने यादवले बताए  जिल्लामा यस बर्ष १३५०० किसानहरुले करिब १८ लाख क्विन्टल ऊखु उत्पादन गरेको समितिले जनाएको छ ।
उक्त कार्यक्रमा करिब हजारौ किसानहरुको सहभागिता रहेको थियो।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार