बुटवल, २ माघ । राष्ट्रिय क्रिकेट टिमबाट सन्यास लिएका अलराउन्डर शक्ति गौचनले बुवाको पुण्यतिथीको अवसरमा रुपन्देहीमा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता गर्ने भएका छन् ।

स्टार क्रिकेट एकेडेमी सञ्चालन गरेर क्रिकेटर शक्ति गौचनले रुपन्देहीमा स्व. खड्ग प्रसाद गौचन मेमोरियल कप ईन्टर स्कुल क्रिकेट प्रतियोगिता गर्न लागेका हुन । विद्यालय तहबाट खेलाडि उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको उनको भनाई छ । माघ १४ गते देखि सुरु हुने प्रतियोगितामा रुपन्देहीका २० भन्दा बढि विद्यालयको सहभागिता हुनेछ ।

उद्घाटन ओमसतियाको कर्मडाँडामा हुनेछ भने बाँकी खेल देवदहको सित्तलनगरमा हुनेछ । सेमिफाईनल र फाईनल खेल भने सिद्धार्थनगर नगरपालिका स्थित सिद्धार्थ रंगशालामा हुनेछ ।
पहिलो पटक विद्यालयमा तहमा ४० ओभरको प्रतियोगिता गर्न लागिएको उनले बताए । एकेडेमीले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताएको हो ।कार्यक्रममा न्यू होराईजनका प्राचार्य लोकनाथ उपाध्याय, रुपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुङ, न्यू होराईजनका शिक्षक प्रकास खनाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार