प्रदेश सचिवालयले उपलब्ध गराएको सवारी साधन फिर्ता

बुटवल, माघ ४ । नेपाली कांग्रेस प्रदेश नं. ५ का संसदिय दलका नेता बलदेव शर्माले प्रदेश सचिवालयले उपलब्ध गराएको सवारी साधन फिर्ता गरेका छन् । प्रदेश ५ प्रदेशसभा सचिवालयले संसदिय दलका नेता, विशेष समितिका सभापती, सचेतकका लागि १३ वटा सवारी साधन खरिद गरेको थियो । खरिद गरिएका सवारी साधनमा आर्थिक अनियमितता भएकाले विवास्पद सवारी आफुले नचढ्ने भन्दै उनले फिर्ता गरेका हुन ।

उनले चढ्दै गरेको लु १ झ ४४७ नम्बरको गाडि प्रदेश सभा जिन्सी शाखामा चावी र विलबुक फिर्ता गरेको हुन । गाडि फिर्ता पछि संक्षिप्त पत्रकार संग कुराकानी गर्दै पोखरेलले सार्वजनिक लेखा समितिले सवारी साधन खरिदका कागजात छानविन गरेको भन्दै विवास्पद सवारी आफुले नढ्ने बताए ।

सवारी साधन फिर्ता गरेपछि नेता पोखरेल ना १ ह ६८१६ नम्बरको ई रिक्सामा गएका थिए । प्रदेश नं .५ प्रदेश सभा सचिबालयले हालै खरिद गरेको गाडि बजार मुल्य भन्दा महंगोमा खरिद गरी आर्थिक अनियमितता गरेको समाचार बाहिर आएपछि यस अघि सार्वजनिक लेखा समितिका सभापती डिल्ली बहादुर चौधरीले लु १ झ ४४१ नंं सवारी फिर्ता गरेका छन् । अहिले उपसमितिले उक्त विषयमा छानविन गरिरहेको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार