बुटवलमा ११ औं रोट्याक्ट डिष्ट्रिक कन्फरेन्स सुरु

बुटवल, ४ माघ । बुटवलमा ११ औं रोट्याक्ट डिष्ट्रिक कन्फरेन्स सुरु भएको छ । रोट्याक्ट क्लव अफ बुटवल, रोट्याक्ट क्लव अफ तिनाउ सिटी, रोट्याक्ट क्लव अफ भैरहवा, रोट्याक्ट क्लव अफ कपिलबस्तु मिड टाउ र रोट्याक्ट क्लव अफ थेम्स ईन्टरनेशनल कलेजको आयोजनामा डिष्ट्रिक कन्फरेन्स सुरु भएको हो ।


कन्फरेन्सको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । सो अवसरमा बोल्दै सवै अवसरलाई सेवा गर्ने अवसरका रुपमा युवाहरुले लिनुपर्ने बताए । समाज रुपान्तरण र युवा पुस्ताको व्यक्तित्व विकासका लागि रोट्याक्टले महत्वपुर्ण भुमिका खेलेको उनको भनाई छ ।
माघ ५ गते सम्म चल्ने कन्फरेन्समा देशभरका १ हजार बढिको सहभागिता रहेको आयोजक क्लव रोट्याक्ट क्लव अफ तिनाउ सिटीका अध्यक्ष प्रकास पराजुलीले जानाकारी दिए । पहिलो दिन युवाहरुको व्यक्तिव विकास तथा क्षमतको प्रदर्शन सम्बन्धी प्यानल डिस्कसन समेत भएको छ ।

अहिलेका युवा युवतीमा नेतृत्व विकास संगै क्षमताको प्रदर्शन सम्बन्धी प्यानल बनाएर डिस्कसन गरिएको थियो । सहभागिहरुले अभिभावकको मार्ग निर्देशन विना व्यक्तित्व विकास गर्न नसकिने बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव प्रसाद ढुंगेल, डिष्ट्रिक गर्भनर चिन्तामणि भट्टराई, रोटरी क्लव जोन १९ का एजि एजाज आलम, रोटरी क्लव जोन २० का एजि राजेन्द्र ढकाल, लगाएतले बोलेका थिए ।


रोट्याक्ट क्लव अफ बुटवलका अध्यक्ष निरज पाण्डेले युवा पुस्तामा जागरणको सन्देश प्रभाव गर्नका लागि पनि सम्मेलनले महत्वपुर्ण भुमिका निर्बाह गर्ने बताए । सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । ५० लाख खर्च अनुमान गरिएको छ । कार्यक्रम रोट्याक्ट क्लव अफ तिनाउ सिटीका अध्यक्ष प्रकाश पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार