सहबान अन्सारी

नवलपरासी, माघ ५। नवलपरासी बर्दघाट सुस्ता पश्चिम उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि अहिले सम्म मिल संचालनमा आऊन सकेकै छैन ।

मिल संचालन गर्नको लागी गत बुधवार जिल्ला स्थित सम्पुर्ण राजनितिक दल,स्थानिय प्रतिनिधि,मिल संचालक,कृषक प्रतिनिधिहरुको बैठकबाट यथा सिघ्र मिल संचालन गर्न सहमति भए पनि हाल सम्म मिल संचालन हुन नसकेपछि ऊखु उत्पादक कृषक समिति नवलपरासीले प्रेस बिज्ञप्ति मार्फत किसानहरुलाई मिलले मनोवैज्ञानिक दबाव सिर्जना गरि मुल्य घटाएर मात्र संचालन गर्न अभियानमा लागेको र केही दलाल प्रवृतिका ब्यक्तीहरुलाई अगाडी सारी विभिन्न ठाँऊहरुमा किसानहरु जम्मा गरी मुल्य घटाऊन प्रस्ताव गरेकोमा समितिको गम्भिर ध्यानाकर्षण भएको ब्यहोरा ऊल्लेख गरिएको छ ।

प्रेस विज्ञप्ति

साथै यस किसीमको किसान बिरोधी कार्य नगर्न नगराउन साथै सम्पुर्ण किसानहरुलाई सजग रहन अपिल गरेको छ ।
समितिले मिल र किसान दुबै पक्षको अविभावकको रुपमा रहेको हुदाँ नेपाल सरकारले निर्धारण गरेको दर रेटमा तल्काल मिल संचालन गरि ऊखु किसानहरुको समस्या सामाधान गर्न मिल संचालक स्थानिय प्रशासन लगायत सम्पुर्ण सरोकारवालाहरु संग हस्ताक्षरित विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।
साथै दुई दिन भित्र मिल संचालन नभए ऊखु कृषकहरुको आक्रोसका कारण हुन सक्ने कुनै पनि क्षतिको जिम्मेवारी सम्बन्धित चिनि मिल ,संचालक,स्थानिय प्रशासन,नै हुने ब्यहोरा जानकारी गराईएको छ ।
ऊखु किसानहरुको नगदे बालीको रुपमा सुचिकृत रहेको उखुको न्युनतम मुल्य ५३६.५६ पैसा प्रति क्विन्टल नेपाल सरकारले निर्णय गरेको हुदाँ मिल संचालकहरुले चिनिको मुल्य नबढाए सम्म मिल संचालन नगर्न सार्वजनिक अभिब्यक्ती दिएका छन ।
जिल्लामा बागमति सुगर मिल कुडीया,ईन्दिरा सुगर मिल गंगापुर,र लुम्बिनि चिनि ऊधोग सुनवल, रहेका छन ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार