रक्तदान कार्यक्रम सम्पन्न

बुटवल, ५ माघ । समाबेशी टोल विकास संस्था बुटवल ९ को आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभाव हुन नदिन संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । र

क्तसञ्चार सेवा केन्द्रको सहयोगमा भएको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको थियो । टोल विकास संस्थाका अध्यक्ष दुर्गा पौडेलले बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । संस्थाले बार्षिक रुपमा बाटो, नाली निर्माण, हरियाली प्रबद्र्धन जस्ता कार्यक्रम गर्दै आएको छ ।
हरिकला घिमिरे स्मृती प्रतिष्ठनको सह संयोजनमा भएको रक्तदान कार्यक्रममा संस्थाका सल्लाहकार खमानसिंह सारु, नारायण प्रसाद पौडेल लगाएतले बोलेका थिए । कार्यक्रम संस्थाका उपाध्यक्ष कृष्ण पन्थीको स्वागत तथा सचिव मधु कुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार