बुटवल, ५ माघ । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा अनिल पहाडि निर्वाचित भएका छन् । बुटवलमा भएको अधिबेशनबाट उपाध्यक्षमा चक्रमणी डुम्रे, सचिवमा विष्णु कुँवर, सह सचिवमा झविन्द्र भण्डारी रहेका छन् ।

त्यसैगरी कोषाध्यक्षमा प्रेम बुढाथोकी, सह कोषाध्यक्षमा अम्बिका सारु रहेका छन् । सदस्यहरुमा मोहन केसी, विनोद विष्ट, विमल भटटराई, समि पन्त, ईन्दीरा हमाल, विजयी लक्ष्मी खनाल, मिलन पंगेनी सरु वाग्ले र मनिषा अधिकारी रहेका छन् ।
अधिबेशनको प्रदेश नं. ५ की सांसद कमला विश्वकर्माले उद्घाटन गरेकी थिईन । सो अवसरमा बोल्दै उनले समृद्धिको अभियानमा मिडिया भुमिका महत्वपुर्ण रहेको बताईन । समाज परिवर्तन संगै सरकारका काम बारे मिडियाको खवरदारी भएमा मात्र जनता जागरुक हुने उनको भनाई छ । त्यसैगरी स्वतन्त्र पत्रकार महासंघका अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले विट पत्रकारिताको अवको आवश्यकता रहेको बताए । काठमाडौंमा विट पत्रकारिताको प्रभावकारीता भएपनि मोफसलमा विट पत्रकारिता नभएको भन्दै विट पत्रकारिता भएमा मात्र पत्रकारिताको दिगोपन हुने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष बालकृष्ण चापागाई, विनोद पहाडि, पत्रकार महासंघका कोषाध्यक्ष स्वत्तिक श्रेष्ठ, कृषि पत्रकार समाज प्रदेश नंं ५ का अध्यक्ष कृष्ण खनाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम बावुराम गैह्रेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार