नवलपरासी,
पश्चिम नवलपरासीको सिमा क्षेत्र नाका बाट बालुवा ,गिट्टी तस्करी बढेको छ जिल्ला स्थित नारायणी नदिबाट गिट्टी ,बालुवा र ढुङ्गा अबैधरूपमा रातीको समयमा निकासी भैरहेको बताईएको छ ।


नारायणी नदिबाट अबैधरूपमा निकासी गरेर सिमा क्षेत्रको विभिन्न ठाउहरूमा स्टक गरेका राखेर भारत तर्फ लग्ने पाईएको छ ।
गुठी परसौनी ,धर्मौली , बसहिया लगायत ठाउहरूमा बालुवा स्टक राखी बालुवा ,गिट्टी तस्करी भईरहेको स्थानीयले बताएका छन ।
नेपालबाट बालुवा , गिट्टी प्रहरीकै मिलोमतो रहेको हुदाँ यस्तो कार्य निरन्तरता पाएको बताईएको छ । यस्तो गतिबिधी नियन्त्रण गर्न साथै सुरक्षाको लागी खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा दिनहुँ गिट्टी , बालुवा र लाखौंको अबैध सामानहरू तस्करी भईरहेको स्थानीयबासीहरूको भनाई रहेको छ ।
नेपाल सिमाको किनारमा स्टक गरेको बालुवा दिन दहाडै ट्राली, ठेला, साईकिलहरुमा बोरामा हालेर भारत लैजाने गरेका छन । नेपालबाट बालुवा तस्करी बढेको स्रोतको दावी छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार