नवलपरासीमा आगलागी एक घर जलेर नष्ट

सहबान अन्सारी

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं.६ मा आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ । आज मध्यराती हरिनारायण कोहारको चुलो बाट सल्केर आगो लागेको थियो ।


आगलागी बाट घर भित्र रहेका एक गाई, एक गोरु, दुई थान साईकल, २० वटा कुखुरा, धान, चामल, पिठो, पानी चलाऊने पम्पुसेट, आवश्यक कागजातहरु जलेर नष्ट भएको प्रहरी चौकी गुठी परसौनीले जनाएको छ । आगोलाई स्थानिय, शसस्त्र प्रहरी गुठी परसौनी,र प्रहरीको सहयोगमा नियन्त्रण गरिएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार