सदिक्षा गैरे ( कावासोती)
बोस्टन इन्टरनेसनल कलेज र पुरानो मेडिकल कलेज भरतपुर बिच आज एक कार्यक्रम बिच आपसी सहयोग तथा समन्वय सम्बन्धि एक स्मरण पत्रमा हस्ताक्षर गरि सार्बजनिक गरिएको छ।

बोस्टन कलेजका तर्फबाट प्राध्यापक राजु तामाङले तथा पुरानो मेडिकल कलेजका तर्फबाट बजार तथा जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपाने ले उक्त स्मरण पत्र सार्वजनिक गर्नुभएको थियो । अब उप्रान्त बोस्टन कलेजका बिध्यार्थी शिक्षक तथा कर्मचारी ले पुरानो मेडिकल कलेजमा अस्पताल तर्फका सम्पुर्ण सेवामा २०% छुट तथा उनिहरुका एकल परिवारले १० % छुट पाउने छन । आजै बोस्टन सि एस आर क्लबले आयोजना गरेको निशुल्क स्वस्थ्य शिबिर पनि सम्म्पन्न भएको थियो । शिबिरमा पुरानो मेडिकल कलेजले प्राबिधिक सहयोग गरेको थियो ।
शिबिरमा ६०० भन्दा बढी बिध्यार्थी शिक्षक तथा कर्मचारी हरुले स्वास्थ्य लाभ लिएका थिए बोस्टन कलेजका सि एस आर क्लब अध्यक्ष निकिता तिमल्सिना ले बताउनु भयो ।

पुरानो मेडिकल कलेजले ३ जना जर्मन स्वास्थ्यकर्मी सहित २० जनाको टीम र निशुल्क औसधी उपलब्ध गराएको थियो । डेन्टल बिभाग बाट डा आभा श्रेष्ठ ,डा पप्पु कुमार यादव र डा श्रीजा श्रेष्ठ, स्त्री तथा प्रसुती बिभाग बाट डा सर्जु दहाल र डा विशाल तिवारी , अर्थो बिभागका डा बिजय गुप्ता र डा सुरज सिंह , नाक कान घाँटी बिभागबाट डा सबिना राई र डा अमरनाथ झा , जनरल फिजिसियन डा बिपुल भगत डा साकार गुरुङ र डा शुशान्त पन्डित ले निशुल्क परामर्श सेवा प्रदान गरेका थिए ।
कार्यक्रम मा बोल्दै बोस्टन कलेज का प्राध्यापक राजु तामाङ्ले देशकै प्रतिष्ठित तथा सुबिधा सम्पन्न शिक्षण अस्पताल सगको सहकार्य तथा निशुल्क स्वस्थ्य शिबिरको समयोजनले आफ्नो कलेज लाभान्वित भएको तथा बोस्टन कलेजले उचाइ प्राप्त गरेकोमा आफू पुरानो मेडिकल कलेज प्रती आभारी भएको र यो सहकार्यलाइ निरन्तरता दिइने बताउनुभयो ।

सन्तोस श्रेष्ठले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रम मा बोल्दै पुरानो मेडिकल कलेज बजार तथा जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्र न्यौपानेले हामी समयमा नै निदानात्मक उपचार पाइने अस्पतालमा पुगेनौ भने हामी ले स्वास्थ्य, पैसा र समय तीन वटा घाटा ब्यहोर्नु पर्ने जस्ले ठूलो क्षति हुने हुनाले हामी सचेत बर्गले समयमै राम्रो सेन्टरमा गएर स्वस्थ्य बचाउन पर्ने कुरा आफुले बुझ्नु र बुझाउनु जरुरी रहेको बताउनु भयो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार