सिद्धार्थ गौतमबुद्ध क्याम्पसलाई क्यूएए प्राप्त - Butwal Online
सिद्धार्थ गौतमबुद्ध क्याम्पसलाई क्यूएए प्राप्त

बुटवल, माघ १० । बुटवलमा सञ्चालित सिद्धार्थ गौतमबुद्ध क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोग प्रदान गर्ने क्याम्पसले क्यूएए प्रमाणपत्र दिएको हो । २०४८ सालमा स्थापित सिद्धार्थ सामुदायिक क्याम्पस हो ।



विश्वविद्यालय अनुदान आयोगले हालसम्म ३० वटा क्याम्पसलाई यो प्रमाणपत्र उपलब्ध गराएको छ । रूपन्देहीमा क्यूएए प्राप्त गर्ने तीन वटा क्याम्पस पुगेका छन् । लुम्बिनी वाणिज्य क्याम्पस, रूपन्देही क्याम्पस र सिद्धार्थ क्याम्पस भएका हुन् । क्याम्पस प्रमुख बाबुराम पाण्डेले स्थापनाको छोटो अवधिमा नै क्यूएए प्राप्त गर्नु सक्नु ठूलो उपलब्धी भएको बताए । क्यूएए प्राप्त गरेसँगै विद्यालयले अनुदान रकम पनि प्राप्त गर्नेछ ।

क्याम्पसमा ब्याचलर र मास्टरका विभिन्न विषयहरूको पठन–पाठन हुँदै आइरहेको छ । क्याम्पसमा तीन हजार विद्यार्थीहरू अध्ययनरत छन् । क्याम्पसले यस क्षेत्रका विभिन्न ११ वटा संघ संस्थासँग सहकार्य पनि गरेको छ ।

क्याम्पसका अध्यक्ष हिराप्रसाद श्रेष्ठले आफूहरूले क्याम्पसको पाँच वर्षे रणनीतिक योजना बनाएर अगाडि बढेको बताए । क्यूएए प्राप्त भएको खुशीयालीमा क्याम्पसले बिहीबार बुटवलमा प्रभातफेरि ¥याली पनि आयोजना गरेको थियो । त्यस्तै शुक्रबार क्याम्पस विभिन्न कार्यक्रम गरी खुशीयाली साटने बताएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार