बुटवल उवासंघ बस्तुगत समितिद्धारा अभियान नेपाल बाल गृहमा सहयोग - Butwal Online

बुटवल, माघ ।
बुटवल उद्योग बाणिज्य संघ व्याग तथा जुत्ता चप्पल बस्तुतगत समितिद्धारा सैनामैनामा १ मा रहेकोअभियान नेपाल बाल गृहका बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ ।


शुक्रबार बालगृह स्थान बनकट्टामा एक कार्यक्रमको आयोजना गरी बालगृहको लागि आवश्यक पर्ने स्टेशनरी, झोला, खेलकुदका विभिन्न सामग्रीहरु लगायत अन्य शैक्षिक सामग्रीहरु वितरण गरिएको हो ।
बुटवल उवासंघ ब्याग तथा जुत्ता चप्पल बस्तुगत समितिका सभापती जमिल खानको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम बहादुर हमालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अभियान नेपाल बाल गृह का अध्यक्ष तिलक बहादुर साही ले बालगृहको बारेमा विभिन्न जानकारी गराएका थिए ।
सचिव यादव गिरीको सञ्चालनमा आएको कार्यक्रममा स्वागत मन्तव्य विजय वर्नवालले गरेका थिए । धन्यावाद मन्तव्य अलाउद्दिन मियाले राखेका थिए भने कार्यक्रम तुलसी खनालको संयोजकत्वमा भएको थियो ।



बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार