सहबान अन्सारी
मघ १२, नवलपरासी । नवलपरासीको गंगापुर स्थित ईन्दिरा सुगर मिल र बागमती सुगर मिल कुडिया आईतवार देखी संचालनमा आऊन भएको छ ।


जिल्लामा कुनै पनि मिल संचालनमा नआऊदाँ कृषकहरुको उखु खैतमै सुक्न थालेको कारण प्रत्यक्षरुपमा कृषकहरुलाई पर्न जाने ठुलो आर्थिक क्षतिलाई ध्यानमा राखी हालको चिनि बिक्री मुल्य उधोगले धेरै नै आर्थिक क्षति ब्यहोर्नु पर्ने अवस्था रहेको हुदाँ निकट भविष्यमा चिनि बिक्री मुल्य बृद्दि गर्ने मिलले आवश्यक सहयोगको अपेक्षा उल्लेखित सुचना जारी गर्दै आईतवार बिहान देखी मिल गेटमा उखु खरिद गरी मिल संचालन गर्ने ईन्दिरा सुगर मिलका महाप्रबन्धक सुरेन्द्र सुक्लाले बताऊनु भयो ।


उखु क्रसिङ समय करिब २ महिना बिती सक्दा पनि मिल संचालनमा नआऊदाँ उखु किसानहरु मर्कामा परेका थिए ।
किसानहरुको समस्या सामाधान गर्न तथा चिनि मिल शिघ्र संचालन गर्नका लागी मिल संचालकहरुलाई बिभिन्न दबाव मुलक कार्यक्रमहरु गर्न परेको थियो ।
नेपाल सरकारले निर्धारित उखुको मुल्य ५३६.५६ पैसा लाई आधार मानि क्रसिङ गर्न र गराऊन उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश चन्द्र यादवले बताऊनु भयो ।जिल्लामा यस बर्ष १३५०० किसानहरुले करिब १८ लाख क्विन्टल ऊखु उत्पादन गरेको समितिले जनाएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार