फिर्ता पठाइएका मर्यादापालकलाई पुर्नबाहली गर्नु पर्छ : सांसद खाँन - Butwal Online

बुटवल, १३ असोज । प्रदेश नं. ५ का मर्यादापालक माथी कारबाही गरिएको विषयले संसदमा प्रवेश पाएको छ । आईतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद वसुरुद्दिन खाँनले मर्यादापालकको आवाज बन्द गर्न नहुने बताए ।


मर्यादापालकको गुनासो सहित समाचार प्रकाशित भएपछि गुनासो सम्बोधनका सट्टा कारबाही गरिएको भन्दै उनले फिर्ता पठाइएका मर्यादापालकलाई पुर्नबाहली गर्नुपर्ने बताए । उनले संसदको सुरक्षार्थ खटिएका मर्यादापालकलाई अपमान गर्न नहुने भन्दै आफ्नो पार्टीको आपत्ति भएको उनले बताए ।
आफुलाई लागेको गुनासो गर्ने अधिकार सवैलाई भएको भन्दै मर्यादापालक लाई हटाउनु कारण उनले संसदमा जवाफ मागे । त्यस्तै उनले मर्चवारमा तत्काल सडक निर्माण गर्नुपर्ने बताए । त्यस्तै सांसद दिपेन्द्र थारुले बनका कारण हुलाकि राजमार्गको काम रोकिएको भन्दै तत्काल त्यसको समधानका लागि प्रदेश सरकारले पहल गर्नुपर्ने बताए ।
आजैको बैठकले भवन निर्माण, व्यवस्थापन तथा निर्माण सम्बन्धी बनेको विधेयकलाई दफाबार छलफलका लागि भौतिक पुर्वधार तथा विकास समितिमा पठाइएको छ । त्यस्तै बैठकमा प्रदेशको नामाकरण तथा राजधानी समितिकी सदस्य रमा अर्यालको स्थानमा अष्टभुजा पाठक, कार्यव्यवस्था परामर्श समितिकी सदस्य रमा अर्यालको स्थानमा निर्मला क्षेत्रीलाई फेरबदल गरिएको सूचना सभामुख पुर्ण बहादुर घर्तिले सभामा दिएका थिए । संसदको अर्को बैठक माघ १८ गते १ बजे बस्नेछ ।



बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार