नयाँ गाउँ माविले स्वर्ण महोत्सव मनाउने - Butwal Online
नयाँ गाउँ माविले स्वर्ण महोत्सव मनाउने

बुटवल, १४ माघ । बुटवलको नयाँ गाउमा रहेको नयाँगाउँ माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० औं वर्ष पुरा गरेको अवसरमा स्वर्ण महोत्वस मनाउने भएको छ ।



विद्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी सप्ताहब्यापी कार्यक्रम गरेर माघ २१ गतेदेखि २८ गतेसम्म स्वर्ण महोत्सव मनाउन लागेको जानाकारी दिएको हो ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयले सामुदायिक र संस्थागत विद्यालयबीचमा वक्तृत्वकला, हाजिरीजवाफ, कविता प्रतियोगिता, खेलकुदमा भललिवल, क्रिकेट लगायतका प्रतियोगिता गर्ने तथा अन्तरविद्यालयका विभिन्न कार्यक्रम गर्ने विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले जानाकारी दिए ।
विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर पन्चवर्षे विद्यालय सुधार योजनालाई पनि अगाडि सारेको छ । विद्यालयले अगाडि सारेको पन्चवर्षे योजना अनुसार सेमिनार हल, सुचना केन्द्र, सरस्वती बाटिका लगायतका पुर्वाधार खडा गरि २०८० सम्म योजना सम्पन्न गर्ने प्रधानाध्यापक भट्टराईल बताए । विद्यालयले ४ करोड ३५ लाखको पन्चवर्षे योजनालाई अगाडी सोरको उहाँको भनाई छ । २०१९ सालमा स्थापना भएको विद्यालयले यो अवस्थामा आईपुग्दा धेरै सुधारका कार्यक्रम गरिसकेको छ ।

विभिन्न रचनात्मक कार्यक्रमका साथ हुने सप्ताहब्यापी कार्यक्रम अन्तरगत दुई दिन हुने स्वर्ण महोत्सव मुल समारोह विद्यालयले गर्दै छ ।
पहिलो दिन नेकपाका महासचिव विष्णु पौडेलको आतिथ्यतामा २७ गते र २८ गते मुल समारोह सामाजिक विकास मन्त्री सुदर्शन बरालको आतिथ्यतामा हुने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

एक हजार आठ सय ६० विद्यार्थी अध्ययन गरि रहेको विद्यालयले पाँच वर्षमा दुई हजारबढी विद्यार्थी संख्या पुर्याउने लक्ष्य पनि लिएको छ । तिनाउ पश्चिमको नमुना विद्यालयका रुपमा नयाँ गाउँको स्तरोन्नती गर्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्यालले जानकारी दिए ।
यसैबीच विद्यालय सुधार कार्यक्रम अन्तरगत केही समय अगाडि गरेको महायज्ञबाट बोलिएको दुई करोड ४२ लाख रकममा ३६ लाख ७२ हजार उठेको र अझै ११ लाख उठ्न बाँकी रहेको र महायज्ञ सम्पादन गर्न २५ लाख ३१ हजार खर्च भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बस्यालले जानकारी दिए ।उनले महायज्ञबाट संकलन हुन बाँकी रकम संकलनका लागि विद्यालय लागि परेको समेत बताए । स्वर्ण महोत्सवको अवसरमा विद्यालयले स्मारिका समेत विमोचन गर्ने भएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार