बुटवल, १९ माघ । बुटवलमा प्रथम लाफा खुल्ला पुरुष तथा भेट्रान व्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । लाफा समुह बुटवल ८ को आयोजना भएको प्रतियोगिताको एम्स कलेजका प्राचार्य चुरा बहादुर थापाले उदघाटन गरे ।

प्रतियोगितामा खुल्ला तर्फ ५८ तथा भेट्रान तर्फ २४ जना खेलाडिको सहभागिता रहेको छ । प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुनेले नगद ३१ हजार १ सय ११, द्धितियले नगद २१ हजार १ सय ११ तथा तृतिय २ जनाले नगद ११ हजार १ सय ११ प्राप्त गर्ने खेल संयोजक यसपाल चौतारेले जानाकारी दिए । त्यस्तै भेट्रान तर्फ प्रथम हुनेले नगद १५ हजार ५ सय ५५, द्धितियले १० हजार ५ सय ५५ तथा तृतिय हुने २ जनाले ५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ । खेल र खेलाडिको क्षमता प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता २ दिन सम्म चल्ने समुहका अध्यक्ष केशव राना मगरले जानाकारी दिए । उद्घाटनको पहिलो दिनमा खुल्ला तर्फ २५ तथा भेट्रान तर्फ १० जनाले प्रतिस्पर्धा गरेका थिए ।

उद्घाटन कार्यक्रममा बुटवल उपहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष भिम श्रेष्ठ, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष स्वत्तिक श्रेष्ठ, समुहका सचिव बासुदेव लामिछाने लगाएतले बोलेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार