महालक्ष्मी विकास बैंकको डस्टविन सहयोग

सदिक्षा गैरे

कावासोती १९ माघ। कावोातीमा रहेको महालक्ष्मी विकास बैकले कावासोती वडा नम्बर ६ मा चलिरहेको सरसफाई अभियानलाई प्रोत्साहन गर्न आज डस्टविन सहयोग गरेको छ ।

कावोाती वडा नम्बर ६ कार्यालय र बिभिन्न सामाजिक संघसस्थाले हरेक शनिवार वडा नम्बर ६ मा संचालन गर्दे आएको सरसफाई अभियानलाई सहयोग पुर्याउने उदेश्यले बैंकले १५ वटा डस्टविन सहयोग गरेको हो ।

सो डस्टविनलाई यही माघ २३ गतेदेखि फाल्गुन २ गते सम्म जनता मावीमा हुने धान्यान्चल महायज्ञमा प्रयोग गरिने र ततपश्चात वडा नम्बर ६का चोक चोकमा राखिने सामाजिक अभियन्ता खुमाकान्त गौडेलले जानकारी दिनुभयो । कावासोती ६ बिष्णुनगरमा हरेक शनिवार सरसफाई अभियान संचालन हुदैं आएको छ । आज पनि बिष्णुनगरका बिभिन्न स्थानमा सरसफाई अभियान संचालन गरिएको थियो

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार