एक सय पचास जना को निशुल्क मुटु परिक्षण

सदिक्षा गैरे
कावासोती १९ माघ । गोर्खा एपोलो अस्पताल को आयोजना मा पुरानो मेडिकल कलेज को प्राबिधिक सहयोगमा आज गोर्खाको अपोलो अस्पतालमा सन्चालित मुटु सम्बन्धि निशुल्क स्वस्थ्य शिबिर बाट १५० भन्दा बढी मुटुरोगिले स्वस्थ्य लाभ लिएका छन।


पुरानो मेडिकल कलेजगका मुटुरोग बिभाग प्रमुख बरिस्ठ मुटुरोग विशेषज्ञ डा मनोज श्रेष्ठ , डा मधु गुप्ता ,डा प्रशान्त ओझा, डा आमोक दवाडी लगायत नौ जना स्वस्थ्य कर्मी ले सेवा दिए भने गोर्खा अपोलो अस्पताल बाट डा सन्तोष मास्के लगायत चिकित्सक हरुले सेवा प्रदान गरेका थिए। उक्त शिबिरमा 50 जनाको इको , 75 जनाको इसिजी र 100 जना भन्दा बढी सुगर जाँच निशुल्क गरिएको थियो।

मुटु स्वस्थ रहे जीवन सुखी हुने हुनाले मुटुको जाँच नियमित गराउनुपर्ने र खानपिन मा विशेष ध्यान दिनुपर्ने कुरा वरिष्ठ कन्शल्टेन्ट डा मनोज श्रेष्ठले बताए । एउटा स्वास्थ्य संस्था ले देशका दुर दराज का विभिन्न क्षेत्रमा स्वास्थ्य तथा सचेतना सम्बन्धि कार्यक्रम गर्नुपर्ने दाइत्व हो र यस्ता कृयाकलाप पुरानो मेडिकल कलेजले निरन्तर गरिरहको तथा भाबी दिनमा अझ प्रभावकारी ढङ्गले स्वास्थ सचेतता सम्बन्धि विभिन्न कार्यक्रमलाई निरन्तरता दिइने कलेजका बजार तथा जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले बताए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार