पुरन महतो सम्मानित

बुटवल, २१ माघ । बुटवलको दिप बोडिङले खैरहनी ६ तुल्सीपुर चितवनका पुरन महतोलाई सम्मान गरेको छ । गत शुक्रबार मात्रै आफुले लगाएको बन्दा गोभी विक्रि नभएको भन्दै महतोले डोजर लगाएर नष्ट गरेका थिए ।

उनलाई नेपाल रेडक्रस सर्कल, दिप हाई स्कुल र ईन्ट्रयाक्ट क्लव अफ दिप बोर्डिङ हाई स्कुलले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले कृषि प्रदान देशमा बन्दा गोभीले बजार नपाएको समाचार सुनेपछि कृषकका लागि केही गर्नुपर्छ भनेर सम्मान गरिएको बताए । कृषक महतोले ३ टन बढि गोभी स्कुलमै ल्याएर आएका थिए । उक्त गोभीलाई प्रतिकेजी १५ रुपैयाका दरले सहयोग स्वर विद्यार्थीले खरिद समेत गरेका थिए ।


सम्मान पछि कार्यक्रममा बोल्दै कृषक महतोले सरकारले गर्न नसकेको सम्मान विद्यालयले गरेको भन्दै खुसी व्यक्त गरे । दुई रुपैयाँ किलो बन्दा गोभी विक्रि गर्न खोज्दा पनि कसैले नलगेपछि महतोले डोजर लगाएर बन्दा गोभी नष्ट गरेका थिए । बन्दा गोभी तयार भएर एक महिना सम्म बजार मुल्य नपाएपछि गोभी स्याहार गर्दा पनि बढि खर्च बढ्ने भएकाले अर्को बाली लगाउनका लागि नष्ट गरेको उनले बताए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार