बुटवल, २३ माघ । व्यवसायीहरुको हक हितका लागि खोलिएका संघ संस्थाहरु व्यवसायीहरु अन्यायमा पर्दा मौन रहन नहुने सरोकारवालाहरुले बताएका छन् । रिपोर्टर्स क्लव नेपाल ५ नं प्रदेश समितिद्धारा बुधबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सरोकारवालाहरुले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा नेपाल घर बहाल सरोकार महासंघका केन्द्रीय अध्यक्ष शंकर कोईरालाले व्यवसायीहरुको हक हितका लागि खोलिएका संघ संस्थाहरु व्यवसायीहरु अन्यायमा पर्दा मौन रहे संस्थाको औचित्यमाथि नैतिक प्रश्न चिन्ह खडा हुने बताए । बुटवल ६ अमरपथ स्थित सिंह कम्प्लेक्सका सञ्चालक महेशमान सिंहले व्यवसायीहरुमाथि अन्याय गरिरहदा समेत बुटवल उद्योग बाणिज्य संघ मौन रहनु दुखद भएको उनले बताए ।

नेपाल घर बहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलले व्यवसायी हरुका समस्या समाधानका लागि संघले सरोकारवाला हरु सँग पटक÷पटक छलफल गरेपनि समस्या समाधानकालागि सञ्चालक सिंहले अटेरी गरीरहेको जानकारी दिए ।रुपन्देही व्यापार संघका महासचिव प्रकाश ढकालले आन्दोलनले दुबै पक्षलाई बेफाइदा हुने बताउदै वार्ता र संवादबाटै समस्याको समाधान खोज्नुको बिकल्प नभएको बिचार व्यक्त गरे । व्यवसायीहरुका समस्या समाधानका लागि आफुहरु पटक÷पटक सरोकारवालाहरुसँग छलफल गरे पनि समस्या समाधान हुन नसकेको भन्दै उनले समाधानकालागि व्यापार संघले पहल जारी राख्ने आश्वासन दिए । उद्योग व्यापार संघ रुपन्देहीका सदस्य पदम जिसीले सिंह कम्म्लेक्समा व्यापार व्यवसाय गर्दै आएका व्यवसाीहरुको आन्दोलन प्रति संघको ऐक्यवद्धता रहेको जनाउदै आफुहरुको तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

व्यवसायी संघर्ष समितिका संयोजक सुभप्रताप राणाले पहिले देखिनै निकै महंगो भाडामा लगाइएका सिंह कम्प्लेक्सका सटरहरुमा हाल आएर एक्कासी १ सय ३० प्र्रतिशतका दरले भाडा बढाईएर अन्याय गरेको बताए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार