सदिक्षा गैरे

कावासोती २३ माघ।  प्राविधिक शिक्षा सञ्चालनार्थ जनता माध्यमिक विद्यालय कावासोती ६ विष्णुनगरमा आज देखि श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ शुरु भएको छ ।

फागुन २ गते सम्म चल्लने महायज्ञको आज एक समारोहका बिच पुर्वप्रधानन्याधिश गोपाल प्रसाद पराजुलीले उद्घाटन गर्नुभयो । उद्घाटन पुर्ब आज बिहान कावासोती को फलफुल चोक देखि बिष्णुनगर स्कुल परिसर सम्म झाकी र वाजागाजा सहितको कलश यात्रा निकालिएको थियो । शोभायात्रामा स्थानीयवासीहरुको उल्लेख्य सहभागिता रहेको प्रधानाध्यापक घनश्याम भुषालले बताउनुभयो ।

उउद्घचाटन समारोहमा प्रदेश सांसद रोशनबहादुर गाहा , पुर्व सांसदहरु महेन्द्रध्वज जि.सि. , कृष्ण पौडेल , कावासोती वडा नम्बर ६ का वडा अध्यक्ष हेमप्रसाद पाण्डे , समाजसेवी श्याम श्रेष्ठ , सरस्वती तिमिल्सििना , शै.क्षिक व्यक्तीत्व शोभाकान्त ढकाल , जिल्ला शिक्षा समन्न्वय ईकाई प्रमुख कृष्णचन्द्र पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटन समारोहमा कावासोतीका सबै. वडा का वडा अध्यक्ष र सदस्यहरुको समेत सहभागिता रहेको थियो । उद्घाटन समारोह यज्ञ मूल समारोह समितिका संयोजक हुमलाल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
येसै बिच आज नै धान को मौलो समेत उद्घाटन गरिएको छ , मौलो को स्थानिय रन्नता गौडेल ले उद्घाटन गर्नु भएको हो ।
वि.सं. २०११ सालमा स्थापना भइ वि.सं. २०४६ साल देखि माध्यमिक तह र वि.सं.२०६७ सालमा उच्च मावि कक्षा सञ्चालन भएको विद्यालयमा समयानुकुल प्राविधिक शिक्षा प्रदान गर्नका लागि धनधान्याचलन महायज्ञ सञ्चालन गर्न लागिएको हो । माध्यमिक तह सम्म अध्यापन हुने विद्यालयमा हाल अंग्रेजी र नेपाली माध्यममा कक्षाहरु सञ्चालन हुदै आएको छ । विद्यालयमा कावासोती नगरपालिका सहित हुप्सेकोट गाउँपालिकाका विद्यार्थीहरु अध्यायपन गर्दै आएका छन् ।

धान्याञ्चलमा प्रखर युवा वाचक श्रीचैतन्यकृष्णज्यूको प्रमुख वाचकत्वमा दैनिक धार्मिक कार्यहरु सञ्चाल हुनेछन् । महायज्ञ अबधीभर नवग्रह शान्ति पुजा , तुलादान , शुभविवाह , ब्रतबन्ध , लक्षवती दिपप्रज्वलन , चौरासी पुजा लगायतका कार्यहरु समेत हुने आयोजकले जानकारी दिएको छ । बिद्यालयले सो अबधीमा यथाशक्य दान गरेर प्राविधिक कक्षा सञ्चालन गर्ने बिद्यलायको महान् अभियानमा सरिक हुन सबैलाई आव्हान गरेको छ ।

यज्ञ को उद्घाटन हुनु पुर्वनै विभिन्न महानुभाबहरुबाट ७० लाख बढी सहयोग प्राप्त भइसकेको छ भने सहयोग घोषणा हुने क्रम जारी छ । आज उद्घाटन समारोहमा सहभागी सबैंले यथाशक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार