प्रदेश नं. ५ का कानुन मन्त्रीको स्पोट्क्ति– मर्यादापालक फेरबदलमा हाम्रो भुमिका छैन - Butwal Online

बुटवल, २४ माघ । प्रदेश नं. ५ का आन्तारिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रदेश सभामा खटिएका मर्यादापालक फेरबदलमा प्रदेश सरकारको भुमिका नरहेको स्पष्ट पारेका छन् ।



विहिबार प्रदेश सभाको बैठकमा चालु अधिबेशनका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री केसीले मर्यादापालक संघिय सरकार मार्फत सम्बन्धित अड्डाले प्रदेश सभामा खटाएको भन्दै मर्यादापालक राख्ने वा हटाउने विषय प्रदेश सरकारको नभएको बताए ।
गत माघ ७ गते मर्यादापालक भुईमै सुत्न बाध्य भएको गुनासो सहित समाचार प्रसारण भएपछि सह मर्यादापालक प्रकाश मल्ल र यज्ञ बहादुर खत्रीलाई प्रदेश सभाबाट दंगा प्रहरी नियन्त्रण गण एवं प्रदेश सभा सुरक्षा तथा समन्वयन ईकाईमा फिर्ता पठाइएको थियो । सांसद वसुरुद्दिन खाँनले सभाको बैठकमा मर्यादापालकले गुनासो गरेकै कारण फिर्ता पठाएको बारे सरकारको जवाफ माग गरेका थिए ।मन्त्री केसीले मर्यादापालक राख्ने वा हटाउने कार्यक्षेत्र संघिय सरकार मार्फत सम्बन्धित अडडाले गर्ने बताए ।

त्यस्तै विशेष समयमा बोल्दै सांसद ईन्द्र प्रसाद खरेलले प्रतिपक्षले संसदिय मुल्य मान्यता भुलेको बताए । प्रदेश सभाको १३ औं र १४ औं बैठकमा कांग्रेसले संसदमा बर्गिय चेतना देखाएको समेत उनले बताए ।
उनले सभाको रोष्टममा उभिएर जिन्दाबाद मुर्दावादको नारा लगाएर प्रतिपक्ष गैरजिम्मेवार भएको बताए । उनले प्रदेश सभा तानासाहले नचलाएको भन्दै रोष्टममा बोल्दा प्रतिपक्षले ख्याल गरेर बोल्नुपर्ने बताए ।
त्यस्तै अर्का सांसद सन्तोष कुमार पाण्डेले दुई तिहाई सरकार संग भएपनि सहमती बाट सरकार चलाउनुपर्ने बताए । उनले दुई तिहाई बाट सरकार निर्माण गर्ने र सहमती बाट चलाउनुपर्ने भएपनि एकलौटी ढंगले सरकारले काम कारबाही गरेको बताए । त्यस्तै संसदमा प्रदेश नं. ५ तथ्याङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत भएको छ । संसदको अर्को बैठक माघ २५ गते दिउसो १ बजे बस्नेछ ।

यो पनि पढ्नुहोस

 

.  प्रदेश न ५ मा मर्यादापालक भुइँमा सुत्न बाध्य

 

. मिडिया लाई सुचना दिएको भन्दै सभामुख र सचिवको निर्देशनमा २ जना मर्यादापालक     कार्बाहीमा

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार