रुपन्देहीको देवदहमा खाद्य मेला हुने - Butwal Online
रुपन्देहीको देवदहमा खाद्य मेला हुने

बुटवल, २४ माघ । रुपन्देहीको देवदहमा खाद्य मेला हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजनामा फागुन ३ गते देखि खाद्य मेला हुने भएको हो ।


कार्यालयले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी तिब्र पारिएको बताएको छ । कार्यालय प्रमुख हस्त राईले परम्परागत पोषिला एवं स्थानिय खाद्य पदार्थको प्रबद्र्धन गरौ, असल पोषणका लागि खाने बानीमा सुधार गरौ भन्ने नाराका साथ ५ गते सम्म चल्ने मेला देवदह नगरपालिकाको सह आयोजनामा गर्न लागिएको जानाकारी दिए । मेलामा निशुल्क स्टल र प्रवेश समेत निशुल्क हुनेछ । त्यसका अतिरिक्त स्टल राख्ने स्टललाई प्रति दिन १ हजार रुपैया दिने समेत कार्यालयले बताएको छ । मेलामा परम्परागत र जातिय परिकारहरु, स्थानिय खाद्य परिकार सम्बन्धी उद्योग र व्यवसाय, होम स्टे, खाद्य प्रविधि तथा पोषण स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु हुनेछन् । त्यसतै मेलामा घरेलु प्रशोधन उद्योग सम्बन्धी प्रविधि तथा उपकरणको प्रर्दशनी गरिने कार्यालय प्रमुख राईले जानाकारी दिए ।
मेलामा राष्ट्रिय एवं स्थानिय कलाकारहरुको प्रस्तुती समेत रहने बताइएको छ । खाने बानी सुधारका लागि स्थानिय रुपमा उत्पादन तथा उपलब्ध हुने पौष्टिक महत्वका खाद्य पद्धार्थ बारे मेलामा जानाकारी दिईनेछ । अहिले सम्म ६० भन्दा बढि स्टल बुकिङ भएको कार्यालयको भनाई छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार