बुटवल, २६ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र धर्म निरपेक्षतालाई खारेज गरेर राजतन्त्र वा शैनिक शासन ल्याउने षडेयन्त्र भैरहेको बताएका छन् ।

सरकार र ठूला राजनीतिक दलको कमजोरीका कारण स्वदेशी र विदेशी शक्ति केन्द्रहरुले नेपालमा चलखेल गरेको चित्रबहादुर केसीको दावी छ । यो सरकार भत्काउन र सरकारका सहभागि नेकपामा विभाजन ल्याउनसमेत विदेशी शक्ति केन्द्रहरुले षडेयन्त्र गरेको बताए । सरकार र नेकपाको कमजोरीका कारण स्वदेशी र विदेशी शक्तिहरुले चलखेल गरेको बताए । प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै देशमा नीतिगत भ्रष्टाचार बढेको बताए । उनले सरकारको कमजोरीका कारण नीतिगत भ्रष्टाचार बढेको उल्लेख गर्दै शैक्षिक मेकिल माफिया ठेकदारहरुको अगाडी सरकारले घुडा टेकेको दावी गरे ।

भागबण्डाको राजनीतिले देश खोक्रो बनेको बताउंदै सत्तामा रहेकाहरुबाटै जानजान भ्रष्टाचार हुंदापनि सरकार मौन रहंदा भ्रष्टाचारी र कालावजारी गर्नेहरुको मनोवल बढेको बताए । सरकारले जनताका आधारभूत समस्या पनि समाधान गर्न नसकेको आरोप लगाउंदै नेता चित्रबहादुरले महङी नियन्त्रण र भ्रष्टाचारीलाई कारवाही गर्न नसक्दा सरकार कमजोर सावित भएको बताए । सरकारले किसानहरुलाई सहुलियत दिन र भूमिसुधारका केही काम पनि गर्न नसकेको बताए ।
उनले देशमा गणतन्त्र र दुई तिहाईको सरकार भएपनि विदेशी हस्तक्षेप नरोकिएको र हत्या हिंसा, भ्रष्टाचार, कालोवजारीले स्थान पाएको चिन्ता गरे । एनसिएल काण्ड, हवाइजहाज खरिद काण्डमा राजनीनितक दलको संलग्नता रहेकाले राजनीतिप्रति जनतामा वितृष्णा आएको बताए ।
उनले राष्ट्रिय जनमोार्चाले खवरदारी गरेका कारण देश जातीय संघीयताकै कारण देशको अवस्था कमजोर बन्दै गएको दावी गरे । संघीयताका कारण हिसं दरवारमा हुने भ्रष्टाचार अहिले प्रदेश र स्थानीय तहमा भ्रष्टाचार मौलाएको बताए । एउटो देश धान्न नसकेको देशले आठवटा देश धान्नै नसक्ने बताउंदै नेपालको हकमा प्रदेशको कूनै काम नभएकाले खारेज गर्नुपर्ने नेता केसीको तर्क । संघीयताप्रति जनताको भ्रम हड्दै गएको र संघीयताकै कारण नेपालमा विदेशी शक्ति केन्द्रहरुको चलखेल बढेको बताए । भेनज्युलाको घटनाले नेकपामा द्वन्द्व बढ्ने नेता केसीको तर्क छ । अमेरिकारले भेनज्युलामाथि गरेको हस्तक्षेप अप्रजातान्त्रिक भएकाले अमिरिकाको हस्तक्षेपका बिरुद्व राजनीतिक दल बोल्नु पर्ने बताए ।
भेनुज्युलामाथि अमेरिकाको अप्रजातान्त्रिक ठाडो हस्तक्षेपका बिरुद्व राष्ट्रिय जनमोर्चा रहेको नेता केसीले बताए । प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता र हरिलाल वस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार