सिद्धवावा क्षेत्रमा सुरुङ मार्ग निर्माण हुने - Butwal Online
सिद्धवावा क्षेत्रमा सुरुङ मार्ग निर्माण हुने

बुटवल, २७ माघ । सिद्धार्थ राजमार्गको मृत्यु मार्ग मानिने सिद्धवावा क्षेत्रमा सुरुङ मार्ग निर्माण हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङ बनाउने गुरुयोजना निर्माण गर्न थालिसकेको छ ।


रुपन्देही र पाल्पाको सिमानामा पर्ने सिद्धबाबा क्षेत्रमा स्विस सरकार विकास सहयोगमाफर्त सुरुङ मार्ग निर्माणको लागि भौर्गविक अध्ययान थालिएको छ । ड्रिलिप नेपालले सुरुङ मार्गका लागि गुरुयोजनाको काम गर्नुपुर्व भौर्गविक अध्यायन थालेको हो । ड्रिलिप नेपालले आगामी बैशाखसम्म गुरुयोजना निर्माण गर्नेछ ।



गुरुयोजनाका लागि सडकको चट्टान परिक्षणको काम भइरहेको छ । चट्टान परीक्षण गर्न प्लानेट नेपाललको काम गरिरहेको छ । “हामीले ८० प्रतिशत काम सम्पन्न गरेका छौ” प्लानेट टेस्ट प्रा.लि भौर्गभिक ईन्जिनियर दिवाकर खड्काले भने । प्लानेटले सम्पुर्ण विवरण फेब्रहरी सम्म तयार गरी सुईस सरकारलाई बुझाउनेछ । अहिले जियोफिजिकल टेस्टिङ र जियो टेक्निकल ईन्भेष्टिकेशनको काम भइरहेको उनले बताए ।
प्रारम्भिक नतिजामा सो क्षेत्रमा स्यानस्टोन र मोडस्टोन खालको चटटान भेटिएको छ । यसअघि भएको प्रारम्भिक अध्ययनमा सुरुङ सहित रकनेट, रकसेट, हाफ टनेल सहितका छ वटा बिकल्प दिइएको थियो । संघीय सरकारले सुरुङमार्गलाई पहिलो प्राथमिकतामा राखेर गुरुयोजना थालेको हो । स्विस सरकारले गुरुयोजना निर्माणमा सहयोग गरेको छ ।चट्टान परीक्षणका लागि सिद्धवावा क्षेत्रका पाच स्थानमा ९० मिटरसम्मको प्वाल खोलेर चट्टान बाहिर निकालिएको छ । तीन किलोमिटरमा सुरुङ मार्ग बनाइने भएकाले त्यही क्षेत्रको चट्टान परीक्षण गरिएको हो । शुक्रबारदेखि चट्टानमा भइब्रेसन लगाएर परीक्षणको काम गरिएको छ ।

“हामीले जम्मा २३ सय मिटर अध्ययान गरेका छौ, त्यसमा करिव १३ सय सुरुङ मार्ग बन्नेछ” ड्रिलिप नेपालका बातावरणिय ईन्जिनियर आशिष ढकालले भने ।
सुरुङमार्ग पाल्पाको सिद्धवावा मन्दिरको उत्तरतर्फको चिडियाखोलाको छेउबाट सुरुङ सुरु हुनेछ । चिडिया खोलाको सुरुङ प्रवेशद्वारमा करिव २० मिटर सिधा प्वाल पारेर चटन निकालिएको छ । दोभान नजिकै रामापिथेकपार्कको उत्तरतर्फ ९० मिटरको ६० डिग्री कोणमा प्वाल पारिएको छ । चट्नको चुचुरो र सडकको बीचभागमा समेत प्वाल पारेर चट्टान निकालिएको छ । संघीय सरकारले सिद्धवावाको सडक व्यवस्थित गर्नका लागि ५० लाख बजेट बिनियोजन गरेको छ । यो वर्ष गुरुयोजना तयार गरी आगामी आर्थिक वर्षमा सुरुङ निर्माणकै काम थाल्ने योजना छ । गुरुयोजना निर्माण पछि यस क्षेत्रमा सुरुङ मार्ग निमार्ण भए बर्षेनी सयौको संख्यामा हुने अकाल मृत्यु रोकिने निश्चित छ ।

फोटो / बिकाश पराजुली 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार