बुटवलका विद्यालयमा अक्षराम्भ (फोटो फिचर)

आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ ।
एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठरआठ दिनसम्म भेट गरेका थिए । पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो । यसै समयदेखि वसन्तराग गाउन थालियो ।
सङ्गीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ । आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ ।
बुटवलका विद्यालयमा अक्षराम्भ
बुटवलका विभिन्न निजी तथा सामुदायिक विद्यालयमा पनि सरास्वती पुजा गरिएको छ । विहानै विद्यार्थीहरु विद्यालयमा जम्मा भएर विद्याकी देवि सरास्वतीको पुजा आर्जा गरेका थिए । बुटवलको ह्वाईट रोज एकेडेमी, तिनाउ बोडिङ स्कुल, दिप बोडिङ, स्काईल्याण्ड बोडि, तिलोत्तमा, लुम्बिनी शिक्षालय, एभरेष्ट, दिप, प्यारामाउण्ट, लुम्बिनी लगाएतका बोडिङमा सरास्वती पुजा भएको हो । त्यस बाहेक तिनाउ बोडिङमा शैक्षिक सत्र २०७४ मा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान समेत कार्यक्रम गरिएको थियो । त्यस्तै स्काईल्याण्ड बोडिङ स्कुलमा बार्षिकउत्सव तथा सरास्वती पुजा गरिएको थियो ।

 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार