कांग्रेसलाई खेलबाट संयम सिक्न मुख्यमन्त्रीको सुझाव

बुटवल, १ फागुन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले विपक्षी दल कांग्रेसलाई संयम अपनाउन सुझाव दिएका छन । खेलको मैदानमा हारसंगै खेलाडी संयम भएजसरी नै विपक्षी दललाई संयम अप्नाउन उनले सुझाव दिएका हुन ।

राजनीतिक परिवर्तनमा योगदान दिने शहिदहरुको स्मृतिमा बुटवलमा आयोजना गरिएको शहिद स्मृति कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७५ को उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालको हरेक राजनीतिक परिवर्तनमा शहिदको योगदानलाई भुल्न नहुने उनले तर्क गरे । राजनीतिक परिवर्तनपछि शान्तिको बाटोमा अघि बढ्दै विकास र समृद्धिको बाटोमा अघि बढाउने काममा सरकार लागेको उनले बताए ।
नेपालको संबिधान विश्वमा नै जनतामैत्री रहेको दाबी गर्दै समाजबाद उन्मुख बाटोमा अघि बढेको दाबी समेत उनले गरे । सरकारले आजैको दिनबाट प्रधानमन्त्री युवा रोजगार घोषणा कार्यक्रम गरेर बेरोजगार युवाहरुलाई सम्बोधन गर्ने बताए । ‘प्रत्येक बेरोजगार युवालाई सय दिनको सुनिश्चितता हुने छ ।’– उनले भने । हरेक नागरिकको अधिकारको रुपमा सय दिनको बेरोजगारी भत्ता दिने उनले बताए ।
युवाहरुको विकास र समृद्धिमा आजको दिने स्मरणीय हुने भन्दै उनले बलिदानीको दिनका लागि नभई राष्ट्रिय निमार्णको अभियानका रुपमा रुपान्तरणित भएको दिन भएको बताए । खेलाडीहरुको बिचमा तालमेल मिलाउन सके खेलमा जित हासिल गर्न सकिने भन्दै खेलमा टिम स्प्रिट महत्वपूर्ण हुने उनले बताए ।

उद्घाटन खेलमा संयक्त विजयी

शहिद स्मृति कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७५ मा संयुक्त युवा क्लब पथ्थरगंजले विजयी शुरुवात गरेको छ । शहिद स्मृति खेलकुद क्लबको आयोजना तथा मदन भण्डारी स्पोर्टस एकेडेमी बुटवल उपमहानगरपालिका कमिटिको सहकार्यमा रामनगर खेलमैदानमा फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भैरव स्र्पोटस क्लब नवलपरासीलाई सडेन डेथमा ७–६ गोलले पराजित गर्दै संयुक्त युवा क्लब विजयी भएको हो । निर्धारित समयमा दुबैतर्फबाट खेल १–१ गोलको बराबरी भएपनि खेल ट्राईबेकरमा धकेलिएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार