बुटवल, १ फागुन । त्रिभुवन बिश्व बिद्यालयले स्वतन्त्र बिद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन मिति घोषणा गर्न ढिला गरेको भन्दै बुटवल बहुमुखीक्याम्पसमा विद्यार्थीहरुले हस्ताक्षर संकलन गरेका छन् ।

निर्वाचनको मिति तत्काल घोषणा गर्न दवाव दिदै अनेरास्ववीयू र अनेरास्वीयू क्रन्तिकारीले सयुतm रुपमा हस्ताक्षर संकलन गरेका हुन । संकिलत हस्ताक्षर बुटबल बहुमुखी क्याम्पसका निमित क्यामपस प्रमुख बुद्धबहादुर बस्नेत मार्फत त्रिभुवन बिश्व बिद्यालयमा पठाइएको छ ।

विद्यार्थी संगठनहरुले स्ववियू निर्वाचनको मिति त्रिविले तत्काल घोषणा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । हस्ताक्षर संकलन कार्यक्रममा बोल्दै अनेरास्वीयूका केन्द्रीय सचिवालय सदस्य एमराज पाण्डेले त्रिविलाई दवाव दिन बुटवल बहुमुखी क्याम्पस बाट हस्ताक्षर संकलन गरिएको यो अभियानलाई देशव्यापी रुपमा लैजाने बताए ।

उनले नेपाली विद्यार्थी संघ निर्वाचनमा सधै डराउने भएकाले स्ववियू भाड्ने प्रपञ्चमा नेवि संघ लागेको उनले बताए ।

कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य अनुप पोख्रल, अनेरास्वीयूका केन्द्रिय सदस्य सरोज पोखे्रल, अनेरास्ववीयूका जिल्ला कमिटि सह सचिव शेषकान्त पोखे्रल नविन थापा सारु भरत अर्याल लगायतले बोलेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार