बुटवल, १ फागुन । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले विभिन्न रचानात्मक काम गरी दिवस मनाउने भएको छ । फागुन २ गते देखि ४ गते सम्म विभिन्न कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । आन्तारिक मामिला तथा कानुन मन्त्रालयाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश स्थापना दिवसको तयारी तिब्र पारिएको बताएको छ ।

आन्तारिक मामिला तथा कानून मन्त्री कुल बहादुर केसीले फागुन २ गते प्रदेश ५ का ६ वटा मुख्य मुख्य स्थानको राजमार्गमा सरसफाई कार्यक्रम गरिन बताए । फागुन २ गते हुने राजमार्ग सरसफाई कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले बुटलको ट्राफिक चौकबाट, आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद के सी कोहलपुर चोक बाँकेबाट, भौतिक विकास मन्त्री बैजनाथ चौधरी चन्द्रौटा चोक कपिलवस्तु बाट, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी भुरिगाउँ, वर्दिय बाट, सामाजिक विकास मन्त्री सुदर्शन बराल लमही चोक दाङबाट र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल बर्दघाट चौक नवलपरासीबाट सरसफाई अभियानमा सहभागी हुने कानुन मन्त्री कुल प्रसाद केसीले बताए ।
सरसफाई कार्यलाई कम्तीमा मासिक रुपमा भएपनि गर्ने गरी स्थानिय तह, आमा समुह, समुदाय, क्लव लाई अनुरोध गर्ने प्रदेश सरकारले सांकेतिक रुपमा सडक सरसफाई गर्न थालेकोबताएको छ । स्थापना दिवस कै अवसरमा प्रदेश राजधानी र जिल्ला सदरमुकाममा रक्तदानको कार्यक्रम संचालन गर्ने तथा विभिन्न स्थानमा स्वास्थ्य शिविर समेत गरिने बताइएको छ ।
स्थापना दिवसको प्रमुख दिन फागुन ३ गते बुटवल बहुमुखी क्याम्पस बाट ¥याली सुरु हुने र बुटवल मण्डपपमा मुल समारोह हुनेछ । मुल समारोहमा प्रदेश सरकारले प्रकाशन गरेको प्रगति प्रतिवेदन सहितको स्मारिका विमोचन गर्ने समेत कार्यक्रम रहेको छ । प्रदेश स्थापना दिवसका अवसरमा तीन दिन साँझ सबै मन्त्रालय, मातहतका निकाय तथा सम्पूर्ण उद्योगी, व्यापारी, समाजसेवी तथा प्रदेशवासी सबैले दिपावली समेत गर्ने भएको छ । यस अघिको मन्त्रीपरिषद्को बैठकले फागुन ३ गते प्रदेश नं. ५ का १२ जिल्लामा सार्वजनिक विदा भने दिइसकेको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार