बुटवल, फागुन २ । बुटवल–८ सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कूलले आउँदो आइतबारबादेखि जिल्ला स्तरीय दीप गायक तारा प्रतियोगिता गर्ने भएको छ । यो विद्यालयको ८ औं संस्करण हो ।

विद्यालयले आफ्नो स्थापना दिवसमो अवसर पारेर विद्यार्थीहरूको कला र गला प्रस्फूटल गराउने उद्देश्यले प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता जिल्लाका सबै निजी र सामुदायिक विद्यालयलाई पत्राचार गरिएको विद्यालयले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगिता दुई दिनसम्म चल्ने प्राचार्य टीकाराम न्यौपानेले जानकारी दिए । प्रतियोगितामा विजयी विद्यार्थीले १५ हजार शिल्ड र मेडल प्राप्त गर्नेछन । भने, द्वितीय हुने १० हजार रूपैयाँ र तृतीयले ५ हजार रूपैयाँ प्राप्त गर्ने कार्यक्रम संयोजक दिनेश खड्काले बताए ।

शैक्षिक क्षेत्रमा मात्र नभएर यस विद्यालयले रूपन्देही क्षेत्रका विद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा काम गर्ने आएको विद्यालयका उपप्राचार्य कलाधर अर्यालले बताए । कार्यक्रमको सञ्चालन शिक्षक पुरूषोत्तम पाण्डेले गरेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार