नेपाल बनेन भनेर चिन्ता नगर्नुहोस : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर पांचका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल बनेन भनेर चिन्ता नर्गन आग्रह गरेका छन् । प्रदेश नम्बर पांचको स्थापना दिवसको अवसरमा आयोजित समारोलाई सम्बोधन गर्दै नेपाल बन्दै छ , हामीले नेपाल बनाउंछौ मुख्यमन्त्री पोखरेलको भनाइ छ । भौतिक श्रोत साधनको अभावमा पनि प्रदेश पांचको सरकार सफल उन्मुख रहेको बताए ।

संघीयताको प्रमुख आधारमा प्रदेश सरकार अगाडी बढेको उल्लेख गर्दै यो वर्ष संघीयताको पाउण्डेशन वर्ष भएको बताए । संघीयताले खर्च नबढाएको दावी गर्दै उनले संघीयताले जनताको जीवनस्तर उकासेको र खर्च घटाएको दावी गरे । प्रदेश पांचको सरकार खोज्ने र देखिने अवस्थामा पुगेको बताउंदै जनताको मख्यमन्त्री पोखरेलल प्रदेश सरकार जिम्मेवारीका साथ अगाडी बढेको बताए ।

उनले जनताको जीवन स्तरसंग शान्ति र सम्वृद्वि जाड्ने गरी प्रदेश सरकारले आफ्ना गतिविधि बढाएको बताए । अर्को वर्ष देखिने गरी विकासले सफलता हासिल गर्ने बताउंदै मुसख्यमन्त्री पोखरेलले भने अहिले सबै विकासका कामहरुका फाउण्डेशनहरु तयार हुंदै गरेको बताए । उनले हिमाल, पहाड र तराइसंग जोडिएको प्रदेश पांच मिनी नेपालको रुपमा रहेको उल्लेख गर्दै यो प्रदेशको सम्वृद्विले सम्रग देशको सम्वृद्वि हुने बताए । लुम्बिनीलाई आम जनताको जीवनसंग जोडेर विकासका लागि प्रदेश सरिकार जिम्मेवारका साथ अगाडी बढेको मुख्यमन्त्री पोखरेलको भानाइ छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार