नवलपरासीमा केरा उत्पादक संघको दोस्रो बार्षिक साधारण सभा सम्पन्न - Butwal Online

सहबान अन्सारी
नवलपरासी केरा उत्पादक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रतापपुर गाऊँपालिका वडा नं.८ पिपरपातीमा नवलपरासी केरा उत्पादक संघको दोस्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको हो ।


लखु यादवको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य रामलखन हरिजनको प्रमुख अथित्यतामा रहेको थियो ।त्स्तै प्रदेश नम्बर ५ का कृषि सचिव यम नारायण देवकोटा, प्रतापपुर गाऊँपालिका प्रमुख राजकुमार शर्मा ,सुस्ता गाउपालिका प्रमुख राम प्रसाद पाण्डे , कादिर अली अन्सारी , सुदामा कोइरी ,संङगालो साना किसान संस्थाका अध्यक्ष धन बहादुर गुरूङ लगायतहरुले बोल्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरिजनले केराको उधोग स्थापना गर्नु त्यसै गरि ११ प्रतिशत बजेट कृषिमा छुटको ब्यवस्था दिने ,कोल्ड स्टोर स्थापना हुने जस्ता कुरा बताउनु भयो।
जिल्लाको प्रतापपुर र सुस्ता गाऊपालिकामा करिब ८८० घर दुरी केरा कृषक रहेको र यसबाट लाभान्वित जनसंख्या करिब ७११० रहेका छन ।
कार्यक्रममा ०७४/०७५ सालको कुल आय ब्यय २ लाख ६७ हजार २ सय प्रस्तुत गरिएको थियो।



बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार