निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न - Butwal Online

काठमाण्डौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ७२ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ साल फाल्गुण  ८ गते नवलपरासी जिल्लाको फेनहरामा “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको संस्थाका बेलाटारी शाखा कार्यालयका प्रमुख श्री किस्मत अलि पठान ज्यु ले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षक संस्थाको क्षेत्रिय काष्र्यालय भैरहवाका कार्यक्रम अधिकृत श्री पे्रम प्रसाद सुबेदी रहेका थिए ।



एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरीरहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जालिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नती तिर अगाडि बढेको समेत संस्थाका कार्यक्रम अधिकृत श्री प्रेम प्रसाद सुबेदीले बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्यबारेमा संस्थाका बेलाटारी शाखा कार्यालयका प्रमुख श्री किस्मत अलि पठानले प्रकाश पारेका थिए ।

यस तालिममा ग्राहक सदस्यहरुले वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, बचत कसरी गने, हुण्डी मार्फत बिदेसबाट पैसा पठाएमा हुने समस्याको बारेमा र संस्थाले प्रदान गरी रहेका हालका सेवाहरु श्रब्यदृष्य तथा अन्य माध्यमबाट सहभागीले जानकारी हासिल गरेको संस्थाका कार्यक्रम अधिकृत श्री पे्रम प्रसाद सुबेदीले जानकारी गराएका थिए ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशमा देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीयकार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा पु¥याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतना मूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको कुनाकुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीपविकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ ।

संस्थाले २०७५ पौष मसान्त सम्ममा ३ लाख ३८ हजार २०० घर परिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाको २०७५ पौष मसान्त सम्ममा लगानीमा रहेको कर्जा रु. १७ अरब ०९ करोड रहेको छ भने ग्राहक सदस्यहरुको ९ अरब ६९ करोड बचत परिचालन गरेको छ । ब्यवसाय गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका क्षे.का.काकार्यक्रम अधिकृत श्री पे्रम प्रसाद सुबेदीले जानकारी गराएका थिए ।

 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार