नवपुरमा युवाहरुको उत्सव - Butwal Online
नवपुरमा युवाहरुको उत्सव

सदिक्षा गैरे

फाल्गुण १२  कावासोती। पुर्वी नवलपरासीको कावासोतीमा शनिबार युवाहरुका लागि एक छुट्टै माहोल बनेको थियो । जिल्लाको दुर्गम र सुगम सबै स्थानबाट एक बिषेष उदेश्यका लािग युवाहरु सदरमुकाम कावासोतमिा भेला भएका थिए । युवाहरुको चौतर्फी विकासका लागि आयोजना गरिएको युवा उत्सवमा सहभागी हुन कावासोती आएका युवाहरुमा एक बिषेष उत्साह थियो ।

उनिहरु उत्सवमा सहभागी भएनन् मात्र उत्सव बाट धेरै कुरा सिकेर फर्कीए । जिल्लाका बिभिन्न स्थानबाट युवाहरुको जमघट भएकाले शनिबारको महोल बिषेष बनेको थियो । ड्याड नेपाल, हेल्प अर्गनाईजेसन र आउ युवा देश बचाऔ को संयुक्त आयोजनामा भएको कार्यक्रमले युवाहरुलाई यस्तो अबसर जुराईदिएको हो । कार्यक्रममा युवाहरुमा भएका क्षमताहरुको उजागार गरी सकारात्मक सोचको बिकास गर्ने उदेश्यले बिभिन्न कार्यपत्रहरु प््रस्तुत गर्नाका साथैं उनिहरुको क्षमता अभिबिृद्धीका लागि प्रशिक्षण समेत प्रदान गरिएको कार्यक्रम संयोजक किरण भुर्तेलले जानकारी दिनुभयो ।

युवा उत्सवममा युवाहरुलाई उद्यमशिल बन्न प्रेरित गर्नुका साथैं उनिहरुलाई सामाजिक बिकासमा लाग्न समेत बिभिन्न माध्ययमबाट हौसला प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीहरुले एक दिनको कार्यक्रम भएपनि यसबाट आफुहरुले धेरै कुरा सिक्न पाएकोमा खुशी व्यक्त गरेका थिए । कार्यक्रम संयोजक भुर्तेलका अनुसार कार्यक्रममा युवा उद्यमशिलता, लागुपदार्थ दुब्र्यर्सन र उत्प्रेरणात्मक प्रवचन लगायतका बिषयमा कार्यपत्रहरु प्रस्तुत भएका थिए ।

कार्यक्रमलाइृ संवोधन गर्दे प्रमुख अतिथि उत्सबमा बोल्दै नवलपुर क्षेत्र नं २ का संघीय सांसद तिलक महतले नवलपुर क्षेत्र कृषी , उद्योग र पर्यटन बिकासका दृष्टीकोणले प्रबल सम्भावना बोकेको क्षेत्र भएकाले यस क्षेत्रमा धेरै सम्भावना रहेको बताउनुभयो । उहाले कार्यक्रममा बोल्दै सरकारले युवालाई उद्यमशिल बनाई देशको बिकाश गर्नका लागी धेरै युवा लक्षित कार्यक्रम समेत ल्याएकाले पुजी नभएर युवाहरु हतोत्साहीत भई बिदेश जानका लागी झोला बोकी हाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो । युवालाई उद्यमशिल बनाउन र नवलपुर क्षेत्रको समग्र बिकासका लागी निरन्तर लागीपर्ने उहाको भनाई थियो ।

कार्यक्रममा गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, नवलपुर उद्योग बाणीज्य संघका महासचीब बैकुण्ठ अर्याल, नेपाल युवा परिषदका अध्यक्ष सरोज बानिया, नागरीक समुहका अध्यक्ष निगम हुमागाई, युवा अभियन्ता बिष्णुहरी दाहाल, शिक्षाबिद् बिनोद अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा नवलपुरका आठ वटै स्थानीय तहबाट युवाहरुको सहभागीता रहेको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार