बुटवलको अमरपथस्थित प्रभु बैंक भएको भवनमा गएराति आगलागी - Butwal Online
बुटवलको अमरपथस्थित प्रभु बैंक भएको भवनमा गएराति आगलागी

१३ फागुन, बुटवल । बुटवलको मुख्य व्यापारिक केन्द्र  अमरपथस्थित शंकरप्लाजामा  गएराति आगलागी भएको छ । विन्ध्यावासिनी फेन्सी पसलमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

आगलागीबाट बिन्दवासिनी फेन्सीमा पूर्ण क्षति भएको छ । भने प्रभु बैंकको एटीएम मेसिनमा पनि क्षति पुगेको छ । तर एटिएम मेसिनमा भएको नगद भने सुरक्षित नै छ । प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले आगलागीबाट लाखौंको क्षति भए पनि त्यसको यकिन भने आझै  भइनसकेको बताए ।

राति करिब १० बजेदेखि लागेको आगो मध्यराति करिब १२:३० मा नियन्त्रणमा आएको थियो । बुटवल उपमहानगरपालिका सहित सिद्धार्थनगर, लुम्बिनी र नवलपरासीका गरि ५ वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार